अत्याधुनकि सेवासुविधा सहित बुटवलमा द विन्स क्याफे एण्ड रेस्टुरेन्टको शुभारम्भ

प्रकाशित मिति:

बुटवल – अत्याधुनकि सेवासुविधा सहित बुटवलमा नयाँ रेष्ट्रेन्ट (द विन्स क्याफे एण्ड रेष्टुरेन्ट) संचालनमा आएको छ । मेहनत र परिश्रम गर्ने हो भने विदेश नगई स्वदेशमै बसेर पनि सन्तुष्टीका साथ आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई आत्मासाथ गर्दै ३ जना ९जिवन सुवेदी, प्रकाश क्षेत्री र दिनेश चौधरी०को १५ लाखको सामुहकि लगानीमा बुटवल ११ कालीकानगरमा द विन्स क्याफे एण्ड रेष्टुरेन्ट संचालनमा आएको हो । कालीका चोकबाट २ सय मिटर पश्चिम तर्फ सुरु गरिएको सो रेष्टुरेन्टमा नास्ता तथा खाजाका विभिन्न स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिने संचालक जिवन सुवेदीले बताउनुभयो । समयानुसारको प्राविधिक सेवा अर्थात अनलाईन अर्डर र होम डेलीभरीको व्यवस्था, बर्थडे पार्टिको व्यवस्था र हार्ड ड्रिङ्कस् बारको पनि व्यवस्था पनि रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै ग्राहकको सेवासुविधालाई मध्यनजर गर्दै एयरकन्डिसन सहितको पार्टि हलको व्यवस्था पनि गरिएको उहाँले बताउनुभयो । १२ कक्षासम्म पढेका तिनै जनाले आत्मनिर्भरताको खाँचो र अरु विदेशिने युवालाई केही संदेश मिलोस भनेर रिनधन गरेर होटल व्यवसायमा हात हालेको संचालक सुवेदीको भनाई छ ।

‘नेपाल जस्तो विकासोन्मुख देशमा अहिलेको समयमा होटल लाईनमा भरपुर सम्भावना छ’ उहाँले भन्नुभयो ‘तर यसका लागि पनि सहि ठाउँको पहिचान गर्न सक्नुपर्छ र समय रहँदै विवेकका साथ अगाडि बढेपछि सफल अवस्य भईन्छ ।’ यस कामबाट सफलता हाँसिल भए छिटैनै गेष्ट हाउसलाई प्राधमिकता दिईने आफूहरुको सोँच रहेको सँचालक सुवेदीको भनाई छ । साथै मेहनत र परिश्रम गरे सानो लगानीमा स्वदेशमै पनि राम्रा अवसरहरु रहेको रोजगारका लागि विदेशिने युवालाई उहाँको सुझाव छ ।