बुटवल मेलामा आज रामजी खाड र प्रकाश सपुतले तताउलान दर्शक ?

प्रकाशित मिति:

बुटवल – बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलको देवीनगरमा सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेलामा आज मंगलबार चर्चित गायककार एबम मोडल रामजी खाँण  , प्रकाश शपुत लगायतका कलाकार आउने भएका छन् ।

मेला सुरु भएको दिनदेखिनै राष्ट्रिय स्तरमै चर्चा कमाएका कलाकारहरुको प्रस्तुती रहेको छ । त्यस्तै लोक तथा दोहोरी गायक  ओम ज्ञवाली, नारायण विपी परियार, शिलु भट्टराई, रेनु राना मगर लगायतका कलाकारको प्रस्तुती रहने छ । लगानी लुम्बिनीमा, समृद्धि देशमा भन्ने मुल नारा सहित सञ्चालन गरिएको मेलाको समापनका दिन २३ गते बुधबार अर्घाखाँचीको खिलभी सराँय नाच प्रदर्शन गर्ने तयारी गरिएको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराउनु भयो ।