‘भ्वाईस अफ बुटवल’को टप फाईभमा को को परे ? आफुलाई मनपर्ने कन्टेस्टेन्टलाई भोट गरी बिजेता बनाउनुहोस् !

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – बुटवलको देवीनगरमा आयोजना गरिएको औद्योगिक व्यापार मेलामा सञ्चालन गरिएको ‘भ्वाईस अफ बुटवल’को फाईनल प्रतिस्पर्धा भोली मंगलबार हुँदैछ । ‘भ्वाईस अफ बुटवल’का लागि ५ जना छनौट भएका छन् । छनौट चरणबाट आएका २० जनाबाट सोमबार टप फाईभमा सागर घिमिरे, सिद्धार्थ गैरे, अञ्जली थारु, वर्षा ज्ञवाली र सन्दिप मगर छनौट भएको आधुनिक सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक मनोज ध्वजुले जानकारी गराउनु भयो ।

बुटवल उद्योग बाणिज्य संघको आयोजनामा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलामा सञ्चालन गरिएको भ्वाईस अफ बुटवलकालागि ५० प्रतिशत अंक निर्णायक र ५० प्रतिशत अंक भोटिङ्का आधारमा प्रदान गरिएको छ । गोदरेज किचनको प्रायोजनमा आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेलाई ६५ हजार ५५५, द्वितीय हुनेलाई ३५ हजार ५५५ र तृतीय हुनेलाई २५ हजार ५५५ रुपैंया नगद सहित पुरस्कार प्रदान गरिने छ । टप फाईमा छनौट भएका बाँकी दुई जनालाई गिफ्ट ह्याम्पर प्रदान गरिने संयोजक ध्वजुले बताउनु भयो ।