‘मेरो डेरामा चार्जर छ, त्यहीँ गएर मोबाइल चार्ज गरौँ’ भन्दै लगेर सामुहिक बलात्कार

प्रकाशित मिति:

काठमाडौं  सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सा’मूहिक बला’त्कार भएको छ । मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सा’मूहिक बला’त्कार गरेको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका–८ बहुवाडाँडा निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका–२ निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ ।

सिरहाको विष्णुपुर गाउँपालिका घर भएकी १९ वर्षीया ती युवती घरबाट गोलबजार आइपुग्दा अबेर भएको र मोबाइल स्वीचअफ भएकाले मोबाइल चार्ज गर्न गोलबजार–६ स्थित मनकामना हेयर क’टिङ सैलुनमा पुगेकी थिइन् । उक्त सैलुनमा पहिलादेखि नै बसिरहेका यादव र महतोले ‘मेरो डेरामा चार्जर छ, त्यहीँ गएर मोबाइल चार्ज गरौँ’ भन्दै डेरामा लगेर ज’बरजस्ती क’रणी गरेको पी’डितलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

मोबाइल चार्ज गर्न दिएको एक घण्टाभन्दा बढी समय भइसक्दा पनि मोबाइल नदिएपछि मोबाइल लिन महतोको डेराभित्र पसेकी युवतीलाई ढोकाको चुक्कुल लगाएर ज’बरजस्ती क’रणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयो । घटनापछि सडक पेटीमा आएर पी’डित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेका प्रहरीले युवतीको उ’द्धार गरी दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक पुरीले बताउनुभयो । पी’डित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले अन्य स्थानीयको पनि संलग्नता हुनसक्ने आशङ्का गरेको छ ।