​यिनीहरुले किन दले होलान आफ्नै अनुहारमा मोसो ?

प्रकाशित मिति:

काठमाडौं – ललितपुर महानगरपालिका–२१ खोकनामा ‘भूमिहीन भयौं’ भन्दै मोसो दलेर स्थानीयले विरोध गरेका छन्। मंगलबार बिहान खोकनास्थित वडा कार्यालय अगाडि फास्ट ट्र्याक, बाहिरी चक्रपथ लगायतका विकासका कामले त्यहाँका स्थानियवासी भूमिहीन हुने भन्दै विरोध जनाएका हुन्। अरु तरिकाले विरोध गर्दा सरोकारवालाले नसुनेपछि आफ्नै मुखमा मोसो दलेर विरोध गर्नुपरेको स्थानीयले बताएका छन्।

बिभिन्न विरोधका कार्यक्रम गर्दा सुनुवाई नभएपछि यो शैली अपनाएको अभियान्ता राजाराम तन्डुकारले बताए । राज्य संस्थाले हाम्रो संस्कृतिमाथि मोसो दलेकोले आफ्नै अनुहारमा दल्न बाध्य भएको उनले बताए । ठूला आयोजनाले आफ्नो भूमिसँगै संस्कृतिमा समेत असर पर्ने भन्दै खोकनावासी र अभियान्ताहरूले संयुक्त रूपमा विरोध जनाएका हुन्।

उनीहरूले सांगीतिक कार्यक्रम समेत गरेका थिए। आउँदो शनिबार पनि यस्तै कार्यक्रम इन्द्रचोक र कीर्तिपुर लगायतका स्थानमा विरोध प्रदर्शन गर्न लागेको उनले बताए।