अल्पायुुमै खोसियो समाजसेवा गर्ने चाहाना

प्रकाशित मिति:

इटहरी – इटहरीको नमुना कलेज पढ्दै आएकि आरजु भट्टराईको निधन भएको छ । २० बर्सिय आरजुको निधन भएको उनका आफन्तहरुले बताएका छन । इटहरी नमुना कलेज बिएस डब्लु तेस्रो वर्ष मा अध्यानरत उनको निमोनिया भएर निधन भएको परिवारले जनाएको छ। भोलि नमुना कलेजले १ दिन नमुना कलेजले शोकमा सम्पुर्ण पठन पाठन बन्द हुने जनाएको छ । आरजुको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन भएको हो ।

के हो निमोनिया ?
नेपालमा बच्चालाई धेरै हुने समस्यामध्ये निमोनिया पहिलो नम्बरमा आउँछ। निमोनिया फोक्सोको संक्रमण हुने रोग हो। यो रुघाखोकी बिग्रेर हुन्छ । प्राय बच्चालाई मात्र हुने भनेर बुझिएतापनि यसले बुढेसकालसम्मै दुःख दिन्छ। जाडोमा निकैसावधान रहनुपर्छ। फोक्सोको संक्रमण धेरैजसो किटाणुहरुले गराउँछ । किटाणुबाहेक अरु चिजले पनि गर्छ । जस्तो एउटा निमोनियालाई केमिकल निमोनिया भनिन्छ त्यो चाहिँ विष, मट्टितेल जस्ता पदार्थहरुले गराउन सक्छ । तर मुख्य निमोनिया गराउने चाहिँ किटाणु नै हुन्।

भरतपुर अस्पतालमा कार्यरत नेपाल पेडियाट्रिक सोसोइटीका उपाध्यक्ष डा. युवनिधि बसौलाका अनुसार निमोनिया धेरै प्रकारको हुन्छ। कसैले जन्मजात पनि निमोनिया लिएर आएका हुन्छन्। भर्खरै जन्मेको बच्चाको ६० भन्दा बढी श्वासदर छ भने निमोनिया भएको भनिन्छ। अनि दुई महिनासम्मको ५० श्वासदर छ र दुईमहिना भन्दा माथिको बच्चाको ४० भन्दा बढी श्वासदर भयो भने निमोनिमया भएको हो । त्यसैले फोक्सोको एक भागमा पनि यसले संक्रमण गर्न सक्छ भने धेरै ठाउँमा फैलिन पनि सक्छ। केमिकल निमोनिया पनि हुन्छ। नेपालमा सरदर एउटा बच्चालाई वर्षमा ४–५ चोटी निमोनिया भएको मानिन्छ।

कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश राई नेपालमा बाल मृत्यदुरलाई गणना गर्ने हो भने निमोनिया एक नम्बरमा पर्ने बताउँछन्। त्यसपछि झाडापखाला र कुपोषण पर्छ। पाँच वर्षका मुनिका बच्चालाई त्यसमाथि दुई वर्ष मुनिका बच्चाहरुलाई यो बढी हुने गरेको पाइएको छ। निमोनिया रोग जनस्वास्थ्य सम्बन्धी एकदम संवदनशील विषय हो।

उनी भन्छन्, ‘निमोनियाबाट बच्न नसकिने होइन। रुघाखोकी त संसारको जुनसुकै कुनामा पनि लाग्छ । तर रुघाखोकी लागेपनि विकसित देशमा निमोनिया हुने सम्भावना कम हुन्छ। किनकी उनीहरुको पोषणको अवस्था राम्रो छ। सबै बच्चाहरुले खोप लिएका हुन्छन्। वातावरण राम्रो छ। रोगसँग लड्न सक्ने क्षमता राम्रो हुन्छ। त्यसैल बाल मृत्युदर विदेशमा कम हुन्छ।’ तर नेपाल जस्तो देशमा रुघाखोकी बिग्रेर निमोनिया लाग्ने सम्भावना बढी हुने उनको अनुभव छ। नेपाली बच्चाहरु कुपोषित हुन्छन्। रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ । उनीहरुले सबै खोप पनि पाउँदैनन् । सरकारले दिइराखेको खोपले पनि निमोनिया रोक्ने काम गर्छ । बच्चालाई चिसोबाट जोगाउने, न्यानो पारेर राख्ने गर्नुपर्छ। त्यसैगरी धुला धुँवाबाट बचाउनुपर्छ।

डा.युवनिधि बसौला भन्छन्, ‘निमोनियाको लक्षण देखे तुरुन्त जचाउने, नियमति खोप दिने गर्नुपर्छ। भिटामिनको दबाई खुवाएको खण्डमा ३० प्रतिशत निमोनिमयाको जोखिम कम हुने हुन्छ। समयमा उपचार गर्न सकिएन भने ज्यान नै जाने खतरा हुन सक्छ।’

निमोनियाका लक्षण
खोकी लाग्ने,
चाँडो–चाँडो श्वास फेर्ने,
कोखामा हान्न (श्वास फेर्दा छाती र करङको भाग धस्सिने)
श्वास फेर्न गाह्रो हुने,
खोकी लाग्ने,
दुध चुस्न नसक्ने आदि ।

निमोनियाबाट कसरी जोगिने?
बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र खुवाउने गर्नुपर्छ। ६ महिनापछि अरु खानेकुरा जस्तै दुई वर्षसम्म स्तनपान गराउनुपर्छ । जसले गर्दा एक त बच्चाको पोषण पनि राम्रो हुन्छ। त्यो बाहेक स्तनपानले रोगसँग लड्ने क्षमता पनि बढ्छ । आमाको दुधमा पोषक तत्वबाहेक रोगसँग लड्ने क्षमता हुने चिकित्सकहरु बताउँछन्।

निमोनियमा बचाउन सफासँग हात पनि धुन चिकित्सक सुझाउँछन्। प्रदुषण बढेको छ। जताततै फोहोर नै फोहरै छ। हात नधोइकनै बच्चालाई समात्ने, बच्चालाई अंगालो हाल्ने काम गर्न नुहने डा राई बताउँछन् । यसो गर्दा हाम्रो हातमा किटाणु बच्चालाई पनि सर्न हुन्छ । सुरुमा हात धुने र त्यसपछि मात्रै बच्चा समात्ने गर्न चिकित्सक सल्लाह दिन्छन्।

सरकारले दिन सुझाएका सवै खोपहरु दिन चिकित्सकहरुको आग्रह छ। खोपहरु पनि निमोनियाबाट जोगाउने उनीहरु बताउँछन् । यसबाहेक खानपानमा ध्यान दिने, जे पायो त्यही बाहिरको खाना नदिने र निमोनिया केही संकेत देखिएमा नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा पुगेर जचाइहाल्न चिकित्सकहरु सुझाउँछन्।