आमजनताले एकढिक्का भएको कांग्रेस हेर्न चाहेका छन् : सभापती शाह

प्रकाशित मिति:

काठमाडौ । सार्वजनिक लेखा समिति सभापति एवम् नेपाली कांग्रेसका नेता भरत कुमार शाह ले आमजनताले एकढिक्का भएको कांग्रेस हेर्न चाहेको बताएका छन् । कांग्रेस कित्ता–कित्तामा बाँडिए प्रजातन्त्र नै जोखिममा पर्ने भएकाले पार्टी एकढिक्का हुनुको विकल्प नभएको सभापति शाह ले बताएका हुन् ।

वडादेखि केन्द्रसम्मका सम्पूर्ण कार्यकर्ता, पदाधिकारी र शुभचिन्तकले कांग्रेसको एकताविना प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको औचित्य समाप्त हुने नेता शाह ले बताए । आफ्नै घर जलाएर आगो ताप्नु जत्तिको जोखिमपूर्ण कुरा अरु के होला र , नेता शाहसबै अग्रज नेतालाई प्रश्न गर्दै भने, त्यसकारण अब सबै शुभचिन्तक र आमजनताको निराशालाई आशामा बदल्नुपर्छ ।

सरकारले पछिल्लो समय सूचनाप्रविधि लगायतका विभिन्न विधेयकमार्फत अलोकतान्त्रिक र निरङ्कुश चरित्र प्रदर्शन गरेको भन्दैं त्यसको प्रतिवाद गर्न र विकल्पमा कांग्रेस पार्टी अगाडी आउनुपर्ने चाहना आमजनमानसको भएको सभापति भरत कुमार शाह कोभनाई छ ।

सरकारका पछिल्ला गतिविधीले सर्वसत्तावाद र जनताको अभिव्यक्ती स्वतन्त्रतामा समेत धावा बोलेको भन्दैं अब कांग्रेस पार्टी एक भएर दह्रो र खरो रुपमा अगाडी बढ्नुको विकल्प नभएको सार्वजनिक लेखा समिति सभापति भरत कुमार शाह ले बताएका छन ।