नवौं अन्तर्राष्ट्रिय कराँते च्याम्पीयनसीपमा भाग लिन नेपाली टोली भारत प्रस्थान

प्रकाशित मिति:

रबिन्द्र प्रताप गुप्ता  भैरहवा, २२ पुुस । भारतको कलकत्ताको उलबरिया स्थत रबिन्द्र भवनमा हुन गइरहेको नवौं अन्तर्राष्ट्रिय कराँते च्याम्पीयनसीप २०२० तथा अन्तर्राष्ट्रिय स्र्पोट्स एक्सलेन्स अवार्ड २०२० मा सहभागि हुन नेपाली कराँते खेलाडीको टोली मंगलबार बिहान भारत प्रस्थान गरेको छ ।पुस २४, २५ र २६ गते तीन दिन सम्म चल्ने उक्त प्रतियोगितामा भाग लिन कराँतेका मुख्य प्रशिक्षक तथा जापान गोजुरीया डो मिसनका संस्थापक के.बि राना (काजी) को नेतृत्वमा २० जना खेलाडी र ७ अफीयिसल गरेर २७ जनाको टोली त्यसतर्फ लागेको हो ।

टोलीलाई एक कार्यक्रमका बीच नेपाल भारतको दसगजा क्षेत्र बेलहियामा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे लगायत सरकारी अधिकारीले विदाई गरेका हुन् । खेलाडीहरुको विदाई कार्यक्रममा बोल्दै नगर प्रमुख घिमिरेले नेपाली खेलाडीले देशको नाम उचो राख्ने गरी विजयी हासिल गर्नेमा विश्वास व्यक्त गरे । सो अवसरमा नेपाली टोलीका प्रमुख प्रशिक्षक काजि रानाले विगतमाझै कलकत्ताको खेलमैदानमा नेपालको झण्डा फहराएर आउने बताए । नगरप्रमुख घिमिरेले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै खेलाडी तथा अफिसीयललाई बिदाई गरेका थिए ।

जापान गोजुरियोको नेतृत्वमा यस अघि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको मध्ये ३ वटा प्रतियोगितामा काजीको नेतृत्वको कराँते टोली टिम च्याम्पीयनसीप भइसकेको छ । पुर्व मेदीनीपुर हलदीया करातें गेम्स एन्ड स्र्पोटस एशोसियसन एण्ड सितो रियो कराँते अफ इण्डियाको आयोजनामा हुने नवौं अन्तर्राष्ट्रिय करातें च्याम्पीयनसीप २०२० प्रतियोगितामा पनि नेपाली टिमले उत्कृष्ट प्रदर्शन गदै टीम च्याम्पीयनसीप बनेर देशको नाम पुनः इतिहासमा स्वर्णीम अक्षरले लेख्न विश्वास करातें महासंघ पश्चिमाञ्चलका पुर्व अध्यक्ष भरत बहादुर के.सी.ले व्यक्त गरे ।

टोलीमा यस अघिको प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरु रुपा राना, सन्तु थारु, विपीन गुरुङ, सुमन परियार, साहिल गुरुङ लगायतका खेलाडीको सहभागिता रहेको उमेश थापामगरले बताए । मुलुकमा भर्खरै सम्पन्न १३ औं सार्क खेलकुद प्रतियोगितामा कराँतेतर्फ नेपाली टोलीले १० वटा स्वर्ण पदक सहित समग्र खेलकुदमा नेपाल सार्क खेलकुद च्याम्पीयनसीप र कराँतेमा प्रथम स्थान हासिल गरेको थियो । उक्त उत्साहले पनि कलकत्तामा आयोजित प्रतियोगितामा नेपाली खेलाडीलाई उत्कृष्टता हासिल गर्न हौसला प्रदान गरेको टोलीका मुख्य व्यवस्थापक गिरी पुनले बताए । प्रतियोगितामा विभिन्न देशका ५ सय खेलाडीले विभिन्न उमेर समूह र तौल समूहमा प्रतिष्पर्धा गर्ने बताइएको छ ।