रुपन्देही उद्योग संघमा राइस तथा आयल मिल वस्तुगत समिति गठन

२२ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल – रुपन्देही उद्योग संघमा राइस मिल तथा आयल मिल उद्योगीहरुको भेलाले मंगलबार राइस मिल तथा आयल मिल वस्तुगत समिति गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न उद्योगीहरुको भेलाले पंगेनी राइस मिलका जागेश्वर पंगेनीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । गठित समितिको सहसंयोजकमा शिवशक्ति चामल उद्योगका सूर्य प्रसाद भुर्तेल, सचिवमा सत्यस्वर राइस मिलका उमानाथ कंडेल र सदस्यहरुमा बर्मा राइस मिलका जगन्नाथ बर्मा (सोनार) जनप्रिय राइस मिलका सुर्जमान चौधरी (थारु) श्रीकृष्ण राईसमिलका प्रेमलाल पाण्डे र कुमारवर्ती राइसमिलका रामचन्द्र चौधरी चयन हुनु भएको छ । भेलाले समितिको सल्लाहकारहरु समेत चयन गरेको छ । सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटा, कार्यसमिति सदस्य विशाल बेलबासे, रमेशचन्द्र रेग्मी, पूर्व कार्यसमिति सदस्य सुरेन्द्र चौधरी, राजबहादुर क्षेत्री उद्योगीहरु चन्द्रमान श्रेष्ठ, खोमराज ढकाल, सूर्यबहादुर कार्की, शेखर श्रेष्ठ र तेजप्रसाद पाण्डे रहनु भएको छ । भेलाका अध्यक्ष एवं संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाले सम्पूर्ण उपस्थितलाई स्वागत गर्दै वस्तुगत समिति गठनको महत्व र उद्देश्यमाथी प्रकाश पार्नु पार्दै गठित समितिले क्रियाशिलताका साथ काम गर्न आग्रह गर्नु भएको थियो ।

भेलाका प्रमुख अतिथि तथा संघका अध्यक्ष बाबुराम बोहोराले नव गठित वस्तुगत समितिहरुबाट साथै आफ्नो वस्तुगत समिति भित्र रहेका समस्याहरुलाई संघमा ल्याउने र समाधानका लागि सहकार्य गर्न पहल गरिने बताउनु भयो । साथै संघबाट सम्पन्न गरिने विभिन्न गतिविधिहरुमा सक्रिय सहभागिताका लागि आग्रह गर्दै नव गठित वस्तुगत समितिलाई बधाई ज्ञापन गर्नु भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेलले सहभागी उद्योगीहरुलाई धन्यवाद ज्ञापन गर्दै नव गठित समितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।कार्यक्रममा संघका महिला सचिव माया खनालले स्वगत मन्तव्य व्यक्त गर्नु भएको थियो । उद्योगी चन्द्रमान श्रेष्ठले राइस मिल उद्योगका विगतदेखिका गतिविधि हालसम्मका अनुभव र उद्योगका समस्याहरुका बारेमा प्रकाश पार्नु भएको थियो । नव गठित राईस मिल तथा आयल मिल वस्तुगत समितिका संयोजक जागेश्वर पंगेनीले राईस मिल तथा आयल मिल उद्योगीहरुलाई परेका समस्याहरुलाई संघ मार्पmत समाधान गर्न आफु हरपल लागिरहने र संघले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । भेलामा कार्यसमिति सदस्य युवराज आचार्य राइस मिल तथा आयल मिल उद्योगीहरुको सक्रिय सहभागिता रहेको थियो ।कार्यक्रम संचालन संघका महासचिव जीवकान्त काफ्लेले गर्नु भएको थियो ।

यादव प्रसाद भण्डारी
प्रमुख कार्यकारी अधिकृत

फेसबुकबाट तपाईको प्रतिक्रिया