नायिका कंगना बिहे गर्दै

प्रकाशित मिति:

एजेन्सी /बलिउड सेलेब्सको वर्क फ्रन्टको अलावा फ्यान उनीहरुको रियल लाइफको बारेमा पनि निकै इन्ट्रेस्टेड रहने गर्दछ । जब कुरा सेलेब्रिटी वेडिङको हुन्छ तब फ्यान परीको कथा जस्तै उनीहरुको विवाहको बारेमा हरेक कुरा जान्न चाहन्छन् । २०२० मा थुप्रै बलिउड स्टार्स बैबाहिक जीवनमा बाँधिने तयारीमा छन् । यीमध्ये फिल्म ‘पंगा’ की अभिनेत्री कंगना रनौत पनि एक हुन सक्छिन् ।ऋतिक रोशनसँग ब्रेकअप भएपछि उनीमाथि विभिन्न आरोप लगाउँदै आएकी कंगनाले अहिले आफू सिंगल नभएको बताएकी छन् । उनले आफू कसैको प्रेममा रहेको खुलाएकी छन् । नेपोटिज्मको विरुद्धमा आवाज उठाउँदै आएकी अभिनेत्री कंगानाको रोमान्टिक र सफ्ट साइड कमै देखिन्छन् । इन्डिया टुडेसँग कुराकानी गर्दै उनले आफ्नो रोमान्टिक साइड पनि रहेको बताइन् ।

उनले भनेकी छन्, ‘एक कलाकारको रुपमा म यस्तो महशुस गर्छु कि आफूभित्र एक आकांक्षा लिएर अगाडि बढ्न आवश्यक छ । एक आकांक्षा, जसले तपाईंको जिन्दगीप्रति सक्रिय गर्छ । मलाई मेरो त्यो जिन्दगी याद छैन, जब म बिना प्रेम बाँचेको थिएँ । प्रेमको बारेमा मसँग निकै खराब अनुभव छ । तर, मैले चाँडै मुभ अन गरेँ ।’ उनी अहिले आफू निकै खुसी रहेको बताउँछिन् ।हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै कंगनाले आफ्नो पहिलो किसबारे बताउँदै भनिन्, ‘मैले उसलाई किस गर्न सकिनँ, त्यसैले मैले हातमा किस गर्ने प्रयास गरेँ । मेरो पहिलो किस कुनै म्याजिकल थिएन, निकै म्यासी थियो । मेरो मुख फ्रिज भएको थियो । म हल्लिन पनि सकेको थिइनँ ।’ कंगनाले अब आफू विवाहको लागि तयार भैसकेको र चाँडै विवाह गर्ने पनि बताइन् ।