अमेरिकाको न्यूयोर्कमा गाडीको ठक्करबाट नेपाली बच्चाको मृत्यु

प्रकाशित मिति:

अमेरिकाको न्यूयोर्कमा एउटा कहालीलाग्दो दुर्घटनामा परी गुल्मीबाट अमेरिका आइ बसोबास गर्दै गरेका एक नेपाली बालकको ज्यान गएको छ । पुरुसोत्तम पन्थी तथा मीना पौड्याल पन्थीका छोरा दश बर्सिय श्रीजल पन्थीको गाडीले ठक्कर दिँदा निधन भएको हो । छोरा श्रीजल पन्थीलाई स्कूल पुर्याउने क्रममा बाटो काट्दा फोहोर बोक्ने ट्रकले ठक्कर दिए पछी श्रीजलको ज्यान गयो भने आमा मीना पौड्याल पन्थी गम्भिर रुपमा घाइते भएकी छिन । उनको अस्पतालमा उपचार भैरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार आमाको अवस्था स्थिर छ । स्वर्गीय श्रीजल प्रति हार्दिक श्रध्दान्जली, गम्भीर घाइते मीनाको शिघ्र स्वास्थ्यलाभको कामना ।

न्युयोर्कको कोरोनामा सरकारी गाडीको ठक्करबाट १० बर्षका नेपाली बालक श्रीजल पन्थीको मृत्युपछि न्युयोर्कको नेपाली समाज स्तब्ध भएको छ । मंगलबार विहान स्कुल जाँदै गर्दा बालक श्रीजल र आमा मिना पन्थीलाई फोहोर फ्याक्ने ट्रकले ठक्कर दिएको थियो । ठक्करपछि घाइते आमाछोरालाई एल्मस्र्ट अस्पतालमा उपचारका लागि लगिएकोमा १० बर्षका छोराको उपचारका क्रममा निधन भएको छ । ५७ एभिन्यु र ९७ स्ट्रीटको बीचमा विहान ७ बजे दुर्घटना भएको हो ।

न्युयोर्कका सामाजिक व्यक्तित्व पुरुषोत्तम पन्थीका पुत्र श्रीजलको निधन भएकोमा न्युयोर्कमा रहेका नेपालीहरुले सामाजिक सञ्जालमार्फत र प्रत्यक्ष भेटेर मृतकको आत्माको चीर शान्तिको कामना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । विहान आफू बच्चा पुराउन जाँदै गर्दा ट्रकको ठक्कर आमा र बच्चा भूईमा लडिरहेको दृश्य देखेको र नजिकै पुगेर हेर्दा उनीहरु नेपाली रहेको थाहा भएको लेफ्राक सिटीमा नै बस्दै आएका प्रकाशधर तुलाधरले जानकारी दिनुभयो । आफू पुग्दा प्रहरी र एम्बुलेन्स घटनास्थलमा नै आइसकेको बताउँदै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ – न्यूयोर्कबाट प्रकाशित हुने खसोखास वाट