विमानमा सवार १८० यात्रुको अवस्था अझै अज्ञात

प्रकाशित मिति:

तेहरान – इरानको राजधानी तेहरानस्थित युक्रेनको बोइङ ७३७ विमानमा रहेका १८० यात्रुको अवस्था अझै खुलेको छैन । आज बिहान सो विमान उड्नासाथ दुर्घटनामा परेको थियो ।

उक्त विमान युक्रेन इन्टरनेसनल एयरलाइन्सको भएको जनाइएको छ । प्रारम्भिक विवरण अनुसार सो विमान युक्रेनको राजधानी किभिभतर्फ जान लागेको थियो । दुर्घटना अहिलेको अमेरिका र इरानबीचको तनावसँग सम्बन्धित हो कि होइन भन्ने खुलेको छैन ।उद्धार दललाई दुर्घटनाग्रस्त क्षेत्रमा पटाइएको जनाइएको छ ।

रोयटर्सका अनुसार विमानमा आगो लागेको तर क्रुहरु पठाइएकाले केही यात्रु बच्न सक्ने इरानको इमर्जेन्सी सर्भिसका प्रमुख पिरहुसेन कोउलिभान्डले बताएका छन् । – बीबीसी