पत्रकार श्यामलाल पोखरेललाई मातृशोक , पत्रकार महासंघ रुपन्देहीद्वारा शोक वक्तब्य जारी

प्रकाशित मिति:

बुटवल – पत्रकार श्यामलाल पोखरेललाई मातृशोक परेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य तथा पार्षद पोखरेलका ६५ बर्षिय माता पद्म कुमारी पोखरेलको तिलोत्तमा शंकरनगरमा बुधबार विहान निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित माताको निधनप्रति नेपाल पत्रकार महासंघ रुपन्देहीले शोक वक्तब्य जारी गर्दै दुःख व्यक्त गरेको छ ।

महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिले एक वक्तव्य जारी गरि पत्रकार पोखरेललाई परेको मातृ शोकप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । झिमरुक ३ बेओरे स्थायी निवासि स्व. पोखरेलको प्यूठानमै अन्तिम दाहसंस्कार गरिने परिवारजनले बताएका छन् ।

नेपाल पत्रकार महासंघले पत्रकार पाखरेल निवास तिलोत्तमा शंकरनगरमा मौन धारणा गर्दै समवेदना समेत दिएको थियो । प्रगतिशील पत्रकार संघ नेपल रुपन्देहीका अध्यक्ष समेत रहेका पत्रकार पोखरेल माताको निधनप्रति विभिन्न संघसंस्थाले समेत वक्तब्य जारी गर्दै दुःख व्यक्त गरेका छन ।

बिज्ञप्ती :