न्यू लाइफमा खाना महोत्सव र सांस्कृतिक कार्यक्रम सम्पन्न  

प्रकाशित मिति:

प्रकाश न्यौपाने /बर्दघाट –  न्यू लाइफ माध्यमिक विद्यालयको रजत महोत्सवको आज पाचौं दिन खानामहोत्सव र सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । खाना महोत्सवमा कक्षा ११ र १२ काहोटल व्यवस्थापन अध्ययनरत विद्यार्थीहरुले खानाका विभिन्न परीकारहरुबनाई विद्यार्थी, शिक्षक,शिक्षिकाहरु, अभिभावक तथा अतिथिहरुलाई खुवाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्याव्सनका प्रदेश नम्बर ५ का अध्यक्ष राम प्रसाद पाण्डेयले बालबालिका लाई कस्तो बनाउने भन्ने विषय अभिभावकको हालमा रहेको बताउनु भयो । कुनै पनि बालबालिका स्कुल आउन भन्दा पहीलो बुवाआमा, परीवारीक वातावरण र उसका साथीभाईको आनिवानि प्रश्चात विद्यालयमा आउने बताउदै उहाले अभिभावकले राम्रो पारीवारीक वातावरणको सिर्जना गर्नुपर्ने बताउनु भयो । आजको शिक्षाबाट सैद्धान्तीक पक्षलाई मात्र हासिल गर्ने बालबालिका असल विद्यार्थी हुन नसक्ने बताउदै उहाले व्यवहारीक शिक्षामाजोड दिनु भयो । विद्यार्थीको कितावी ज्ञान मात्र नभइ साथीभाईको सरकल र सगतमाविशेष ध्यानदिनु पर्ने बताउनु भयो ।

पञ्चनगर स्वास्थ्य चौकीका प्रमुख बावुराम तिमिल्सीना, बर्दघाट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक गोपाल प्रसाद पाण्डेय, जनकल्याण सहकारीका अध्यक्ष डिकबहादुर पाण्डे,विद्यालयकाप्र ध्यानाध्यापक सन्तोष अधिकारी,प्लस टु कोडिनेटर मोहन शरण पाण्डे, विद्यालयका संस्थापक सदस्यद्धय डिलबहादुर अधिकारी,थम अधिकारी लयागतको उस्पथिती रहेको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर अधिकारीले गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक दिनानाथ पौडेलले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक प्रस्तुतिका झलकहरु प्रस्तुत गरेकाथिए । कार्यक्रममा विद्यार्थी,शिक्षक,शिक्षिकाहरु, अभिभावक गरी करिव चार सय जनाको उपस्थिति रहेको शिक्षकसोनी क्षेत्रीले जानकारी दिनु भयो ।