चिसोले २ दिन विद्यालय बन्द

प्रकाशित मिति:

दाङ – अत्यधिक चिसो बढ्दा जिल्लाका सामुदायिक तथा निजी विद्यालय दुई दिनका लागि बन्द गरिएका छन् ।

घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाअन्तर्गतका नगर शिक्षा महाशाखाले चिसो बढेकाले नगरभित्रका विद्यालयहरु बन्द रहने बताएका छन् । चिसोले बालबालिकासमेत पनि विद्यालयमा न्यून उपस्थित हुने गरेको भन्दै दुई दिन विद्यालय बन्द गरिएको महाशाखाको भनाइ छ ।