स्वस्थानी व्रत लिनेहरुका लागि शुभ संयोग, चन्द्रग्रहणले असर नगर्ने

प्रकाशित मिति:

काठमाडौं/यस वर्षको स्वस्थानी व्रत आजबाट प्रारम्भ भएको छ । यो वर्ष व्रत लिनेहरुका लागि निकै नै शुभ संयोग रहेको ज्योतिष शास्त्री एस्ट्रोलोजर राजले बताए ।पुष २४ गतेबाट अस्त भएका देब गुरु बृहस्पति उदय भएकाले पनि व्रत आरम्भ गर्नका लागि कुनै समस्या नभएको उनले बताए । यस पटक शुक्रबारबाट व्रत आरम्भ हुने भएकाले यो अति नै शुभ संयोग मानिन्छ ।व्रतको अवधिमै चन्द्र ग्रहण लाग्ने भए पनि यसको दोष नरहने र व्रत लिन चाहनेले सहज रुपमा लिन सकिने उनले बताए ।

आज लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण हो, जुन राति १० बजेर ५२ मिनेटमा शुरू भएर २ बजेर ५६ मिनेटमा सकिनेछ।यस्तो खालको ग्रहणमा नाङ्गो आँखाले हेर्दा ठम्याउन सकिन्न तर धमिलो छायाँमा मात्र चन्द्रको स्वरुप केही भिन्न हुनेछ ।त्यसैले सुतक लगायत अन्य वार्नुपर्ने भनेर पंचाङ्ग तथा पात्रोमा उल्लेख नगरिकाले कुनै प्रकारको दोष नलाग्ने उनको भनाइ छ ।स्वस्थानी व्रतमा वालुवाको शिवलिंग बनाइ अर्चना गरिने भएको हुँदा विशेष महत्व छ । यो व्रत बस्नाले तत्काल फल पाइने विश्वास गरिन्छ । नियम र विधिपूर्वक, मन वचन र कर्मले स्वस्थानीको व्रत बस्नुपर्छ ।अष्ट मातृका अर्थात आठवटा देवीको बिचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।