अमेरिका मा नेविसंघ द्धरा आयोजीत गोर्खाली लीक फुटवल प्रतियोगीत सम्पन्न

प्रकाशित मिति:

 

अमेरिका न्यू मेक्सिको नेपाल विद्यार्थी संघ अमेरिकाद्वारा आयोजित गोर्खाली फूटबल लिगको समापन भएको छ ।

अमेरिकाको न्यू मेक्सिको राज्यस्थित युनिभर्सिटी अफ न्यू मेक्सिकोको जोन्सन फिल्डमा गत सेप्टेम्बर १ देखि सुरू भएको अमेरिकाकै पहिलो उक्त फूटबल लिग शनिबार अन्तिम खेलको आयोजना तथा बिजयी खेलाडीहरूलाई पुरस्कार तथा सम्मान वितरण गरी संम्पन्न गरिएको नेपाल विद्यार्थी संघ अमेरिकाका प्रवक्ता त्रिभुवन पाण्डेले जानकारी दिनुभयो ।

टिम सगरमाथा तथा टिम अन्नपूर्ण बीच भएको उक्त फाइलन खेलमा अन्त्यन्तै कडा प्रतिस्पर्धाका बीच सगरमाथाले अन्नपूर्णसँग १\ ० को गोल अन्तर कायम गर्दै लिगको विजेता बनेको थियो । फाइनल खेल समापन भए लगत्तै खेलाडीहरूको मनोबल बढाउन तथा प्रतिस्पर्धी खेलाडीहरूलाई धन्यवाद ज्ञापन गर्न पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो।

नेपाल विद्यार्थी संघ अमेरिका, न्यू मेक्सिको च्याप्टरका अध्यक्ष नविन पाण्डेको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा केशब पौडेलले प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो भने युनिभर्सिटी अफ न्यू मेक्सिकोका प्रोफेसर डा राइली ह्वाइटले विशेष अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतियोगी चारवटा टिम, युनिभर्सिटीमा अध्ययनरत अन्य विद्यार्थी तथा स्थानीय नेपाली समुदायको सहभागितामा सम्पन्न कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ न्यु मेक्सिको च्याप्टरका अध्यक्ष नविन पाण्डेले यस्ता कार्यक्रमले नेपाल भन्दा बाहिर रहेका विद्यार्थीमा आपसी सहयोग, मेलमिलाप र भातृत्व कायम गर्न सहयोग पुर्याउने विचार व्यक्त गर्नुभयो । उहाँले नेपाल विद्यार्थी संघले निकट भविष्यमै क्रिकेट र अन्य खेलहरूको पनि आयोजना गर्ने तयारी गरिरहेको जानकारी समेत गराउनुभयो ।

यसैगरी प्रमुख अतिथि डा। पौडेलले आगामी दिनहरूमा खेलकुदका गतिबिधीहरूलाई अझै बृहतरुपमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमका बिशेष अतिथि डा। ह्वाइटले नेपाली खेलाडीहरूको खेल कौशललाई प्रशंसा गर्दै नेपाली विद्यार्थीहरूले आफ्नो ज्ञान र सीपलाई अझै संगठित ढङ्गबाट बिकास गर्दै जानुपर्ने र त्यस कार्यमा आफूले जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

विद्यार्थी विराज रावलले संचालन गर्नुभएको उक्त कार्यक्रममा उहाँले खेलकुदले सबैलाई एकत्रित गर्नमात्र नभई शारीरिक तथा मानसिक स्फूर्ति पनि प्रदान गर्ने भएकाले यस्ता कार्यक्रमहरू अन्य विश्वविद्यालयहरूमा समेत बिस्तार गर्दै लैजानुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।यस खालका कार्यक्रम आगामी दिनमा पनी सन्चालन गर्ने अमेरीका नेविसंघ सभापती प्रभातराज सापकोटाले वताउनु भएको छ ।