खुशीको खबर : ओरालो लाग्दै सुनचाँदीको भाउ

प्रकाशित मिति:

काठमाडौं – आज साताको अन्तिम दिन सुनचाँदीको भाउ हवात्तै घटेको छ । तोलाको अघि ७६ हजार ५ सय पुगेको सुनको मुल्य तोलामा ९ सयले घटेर ७४ हजार ६ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले बताएको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ९ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज १५ रुपैयाले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।