उत्खननको विरोधमा उत्रिएका महतोलाई टिपरका पाङ्राले किचेर हत्या , इन्जिनियरिङ पढ्ने सपना चक्नाचुर

प्रकाशित मिति:

                                                  हत्या पछि टिपरले किचेको परिवारको आरोप

जनकपुर – मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोको शुक्रबार बिहान टिपरले किचेर हत्या गरिएको छ । बिहानै साढे चार बजेतिर मर्निङ वाक गएका महतोलाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेको हो ।

महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भारतमा इन्जिनियरिङ पढ्दै गरेका महतोले अवैध रूपमा खोलामा भइरहेको उत्खननको विरोध गरेका थिए । घटना नियोजित ढंगले गराइएको स्थानीयले जनाएका छन् ।

घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले समेत घटनाको प्रकृति हेर्दा नियोजित ढंगले किचेर हत्या गरेको देखिएको बताएको छ । घटनामा संलग्न रहेका टिपर चालक र घटनामा प्रयोग गरिएको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्याको विरोधमा स्थानीयले मिथिला नगरपालिकाको श्रीपुरस्थित रामलक्ष्मण चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । अवैध तरिकाले खोलामा भइरहेको गिट्टीबालुवा उत्खननको विरोध गरेकै कारण उनको हत्या गरिएको स्थानीयले बताएका छन् । महतोका घरपरिवार लगाएत सगानीयले पहिले हत्या गरेर पछि टिपरले किचेको बाहाना बनाएको आशंका समेत गरेका छन् ।