समाजसेवा गर्दा नारीले भोग्नु परेको पिडा र भूमिका कस्तो छ ?

प्रकाशित मिति:
  • राष्ट्रपति र सभामुख नारी भएको हो मेरो देश
    नारिलाई नै अन्यायमा पारि कति बदल्छौ भेष
  • पूर्वदेखि पश्चिमसम्म लाखौ छन् नारि यहाँ
    हजारौ चोट र पिडाको बोकेका छन् नारि यहाँ

खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखान एकदमै सहि छ। नारीको तुलनामा पुरूषको संख्या व्यापक छ र पनि नारीले जस्तो घरव्यवहार देखि लिएर बाटोसम्म समाज बनाउन देखि देश बचाउन सम्म हरेक काम सक्रियतापूर्वक गर्ने क्षमताका धनी नारी नै हुन् जस्तै कठिन परिस्थितिमा पनि डटेर एक्लै सङ्घर्ष गर्न तयार छन् नारि ।तर बिडम्बना एउटै समाजमा बसेर पनि त्यही नारीको परि परेका छन् पुरुष आखिर यो गिद्दे नजर नारिमाथि कहिले सम्म?? कति चुप बस्ने कति सहने यो सबबाट छुट्कारा कहिले मिल्छ हामीलाई??

म आफू नारी भएको कारण नारीसम्बन्धी पिडा हकिका साथ दर्शाउछु ।

घरबाट बाहिर निस्के किन? साँझ अबेरसम्म नआए कहाँ गएर? जानेका कुरा बोल्दा कति जान्ने भाकि केही अपबाद मा बोले मुखमुखै लाकि ठूला आँखाले हेर्छन् पुरुषसँग बोल्दा लाज नभाकि संगै हिडेको देख्दा केके हो केके आखिर हाम्रो सपना हुँदैन ईच्छा हुँदैन किन स्वतन्त्र छैनौ नारी । देशमा राष्ट्रपति सभामुख पाईलट हरेक बने नारी तर पनि यो अत्याचारको अन्त्य कहिले हुन्छ?

अझ भनौ जागिर गर्न जादा नारीलाई भन्दा पुरुषलाई बढि प्राथमिकता के खाना पुरुषले मात्र खानुहुन्छ ।पुरुषले भन्दा बढी सङ्घर्ष गर्छन् नारी एकै मैदानमा उत्रिएर हेर्नुहोस् ।आजको युगसम्म आउदा पनि के सम्झनुहुन्छ नारीलाई ? जब सम्म यो देशमा नारी नै प्रधानमन्त्री भएर शासन कानुन बलियो र मपाईत्व हट्दैन देशले मुहार कहिले फेर्दैन। घरमा बाबुबाट बाटोमा बटुवाबाट विद्यालयमा शिक्षक यात्रामा त्यहि लोग्ने मान्छेबाट असुरक्षित ओहो कहाँ छ नारीलाई सुरक्षित ।समाजसेवा गर्न खोज्यो फलानोको छोरी कति जान्ने भाकि अब केही राम्रो बोल्नै छैन अनि कसरी हुन्छ । सबैभन्दा पहिला मबाट हामी भन्न सिकौ हातमा हात राखेर अघि बढौँ ।कसैले कसैको कुरा नकाटौं ।देश हाम्रो हो भनेर लागौँ किन बन्दैन देश किन फेरिदैन देशको मुहार । बलात्कृत हुन्छन् नारी उनीमाथि नै नुन चुक छर्ने काम गरीन्छ ।सान्त्वना दिने त कहाँ दोषी बनाईन्छ ।।अपराधिलाई फाँसी दिनुपर्छ । पुरुष जहाँ जोसंग बोल्न हुने । एक चिम्टी सिन्दुरको भरमा पूरै जिन्दगी घर बचाउन समाज बनाउन यति हो नारीको जीवन पुरुषलाई जे गरेनि चुप यो बिल्कुलै मन्जुर छैन ।

कुन शास्त्रमा भनिएको छ पुरुष स्वतन्त्र नारी कब्जामा भन्नुहोस् । अवसर पाए नारी एक्लैले देश परिवर्तन गर्छन्  राष्ट्रपति नारी भएको हैसियतले गद्दीमा बसेर हास्ने मात्र होईन लाखौ नारीको पिडा प्राय एउटै हो सुन्ने बुझ्ने र परिवर्तन गर्ने कोसिस गर्नुहोस् । जबसम्म नारीको पिडा सुनिदैन बुझिदैन अपराधिलाई सजाय दिई पिडितलाई न्याय दिइन्न कहिले देश विकास हुदैन।

‘कुवाको माछा कुवाँमै हुन्छ बाहिर निस्किदैन । नारीको क्षमताको मूल्यांकन कसैले गर्न सकिदैन ‘ एकपटक आफूलाई त्यस ठाउँमा राखेर हेर्नुहोस् 

अन्याय अत्याचार रोक्न कानुन बनाउ राम्रो
काटे रगत रातै भनि पिडा बुझ्ने गर हाम्रो ।

अब कोही पनि चुप लागेर नबस है नारी ।
सहिद बन्न तयार बरु बस्ने छैनौ है हामी ।।

   बबिता थापा
रिब्दिकोट ०७ बतासे पाल्पा