साबधान : जीवनसाथीसँग अतितका कुरा लुकाउने गर्नुभएको त छैन ?

प्रकाशित मिति:

एजेन्सी – हरेक मानिसको केही न केही अतित हुन्छन् । कसैको अतित राम्रो हुन्छ भने कसैको अतित सम्झनै मन नलाग्ने पनि हुन्छ । राम्रो अतितको बारेमा त प्रायः सबैलाई जानकारी हुन्छ । तर जसको विगत अलिक पीडादायक र नराम्रो हुन्छ । त्यस्तो अतितलाई उनीहरु कसैसँग सेयर गर्न चाहँदैनन् । उनीहरु त्यस्ता अतितलाई बिर्सन चाहन्छन् र कसैले त्यसको बारेमा कुरा नगरोस् भन्ने चाहना उनीहरुको हुन्छ । त्यस्तो अवस्थामा यदि तपाईंको कसैसँग सम्बन्ध गाँसिदैछ र तपाईंको अतितले नयाँ सम्बन्धमा पनि असर पुर्‍याउँछ भने त झन् त्यस्ता अतितलाई सकेसम्म लुकाउन नै खोजिन्छ ।

तर, आफ्नो बितेको घटनाहरु सबै लुकाउनु मात्रै समस्याको समाधान होइन । यदि तपाईंको सम्बन्ध भइसकेपछि तपाईंको अतितको बारेमा तपाईंको साथीलाई थाहा भयो भने झन् नराम्रो र तपाईंप्रतिको विश्वास पनि गुम्न सक्छ । कहिलेकाहीँ कुनै अतित जति गर्दा पनि लुक्न सक्दैन । त्यसैले लुकाउन नसकिने र सम्बन्धमा असर पुर्‍याउने किसिमको अतितलाई साथीसँग सेयर गर्नु राम्रो हुन्छ । कुनै-कुनै अतितलाई लुकाउनु भन्दा सबै सेयर गर्नु बुद्धिमानी हुन्छ । आफ्नो बिगतको बारेमा सबै कुरा सेयर गर्नाले दुबैमा एक-अर्का प्रतिको विश्वास र प्रेम बढ्छ ।

रोमान्टिक स्टोरी भन्नुपर्छ

तपाईंले आफ्नो जीवनसाथीलाई आफ्नो इतिहासको रोमान्टिक घटनाको बारेमा भन्नु आवश्यक हुन्छ । त्यसो गर्नाले तपाईंहरुबीच विश्वास बढ्छ । तर, यदि तपाईंले आफ्नो अतितका रोमान्टिक घटना आफ्नो जीवनसाथीलाई बताउँदा उसको मुड र समयलाई ध्यान दिनु आवश्यक हुन्छ । यदि सही समयमा आफ्नो अतितका कुरा भन्नुभयो भने उसले त्यसलाई सकारात्मक रुपमा लिन सक्छ र यदि समय सही भएन भने यसले तपाईंहरुबीच मनमुटाव पनि उत्पन्न हुनसक्छ ।

तपाईं र तपाईंको अतितको सम्बन्ध

प्रायः मानिसहरु ब्रेकअपपछि पनि आफ्नो अतितका साथीसँग सम्बन्ध कायम नै राख्छन् । यदि तपाईंको जीवनमा पनि त्यस्तो सम्बन्ध छ भने उसलाई आफ्नो जीवनसाथीसँग परिचित गराउनु आवश्यक छ । त्यसो गर्नाले तपाईंको जीवनसाथीलाई तपाईंप्रति कुनै शंका-उपशंका रहँदैन ।

आफ्नो मानसिक समस्याहरुका बारेमा पनि बताउनुपर्छ

यदि तपाईंलाई पहिला कुनै मानसिक समस्या थियो भने त्यसको बारेमा तपाईंले आफ्नो जीवनसाथीलाई बताउनु आवश्यक छ । आफ्नो बिगतमा भएका स्वास्थ समस्याहरु आफ्नो जीवनसाथीलाई बताउनु अति नै आवश्यक छ । यस्ता कुराहरु लुकाएर राख्नाले पछि सम्बन्धमा नै नराम्रो असर पुग्न सक्छ ।

आर्थिक स्थितिको बारेमा पनि बताउनुपर्छ

यदि तपाईंको अतितमा कुनै कर्जा अथवा लोन लिनु भएको थियो भने त्यसको बारेमा आफ्नो जीवनसाथीलाई बताउनु आवश्यक छ । यदि तपाईंले आफ्नो अतितमा लिएको लोन र कर्जाको बारेमा जीवनसाथीलाई बताउनुभयो भने उसले पनि तपाईंलाई त्यो समस्याबाट बाहिर निकाल्नका लागि तपाईंलाई सहयोग गर्नसक्छ । यसका साथै तपाइर्ंहरु दुबै मानसिक रुपले पनि एक-अर्काको धेरै नजिक आउनुहुन्छ । दुबैमा एकअर्कामा सहयोगको भावना पनि बृद्धि हुन्छ । जुन एउटा सफल सम्बन्धका लागि अति नै आवश्यक हुन्छ ।