कारागारमा महिला कैदीको मृत्यु

प्रकाशित मिति:

वीरगन्ज – वीरगन्ज कारागारमा कैद भुक्तान गरिरहेकी एक महिला कैदीबन्दीकोे मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ९ निवासी ३५ वर्षीया सन्ध्या पौडेलको मृत्यु भएको वीरगन्ज कारागार प्रशासनले जनाएको छ ।

एचआईभी एड्सबाट संक्रमित रहेकी पौडेलको बिहीबार मृत्यु भएको वीरगञ्ज कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिनुभयो । पौडेल केही दिनअघि मात्रै अस्पतालमा भर्ना भई उपचार गराएर फर्किएकी थिइन् । पौडेल लागुऔषध मुद्दामा अदालतबाट ३ वर्ष जेल सजाय तोकिएपछि कैद भु्क्तान गरिरहेकी थिइन् ।