चाडपर्वमा खेलकुदको माहोल : तर चन्दाकै भरमा

प्रकाशित मिति:

दिपक न्यौपाने \

चाडपर्व नजिकिदै गर्दा रुपन्देहि लगायतका आसपासका जिल्लाहरुमा खेलकुदको माहोल तात्दै छ । नेपालीहरुको महान चाड बिजयादशमी तथा दिपावलीको अबसर पारेर खेलकुदका प्रतीयोगीता सन्चालन गर्ने बाढी नै आएको छ । फुटबल ,भलिबल,क्रिक्रेट लगायत मुख्य , मुख्य खेलहरु सन्चालन गर्नका लागी बिभिन्न क्लबहरु यतीबेला जुटेका छन् । असोज १२ गते रुपन्देहिको कुन्जलापुरमा ३२ औ झरना रनिङ शिल्ड फुटबल प्रतीयोगीता शुरु हुनुपुर्व नै तिजको अबसरमा लिस्नु युवा क्लबले शानदार प्रतीयोगीता सम्पन्न गरिसकेको छ ।

यसबाहेक केहि जिल्ला स्तरीय क्रिक्रेट तथा बिभिन्न एथलेटिक्सका खेलहरु सम्पन्न भैसकेका छन तैपनी प्रदेशले नै महत्व राख्ने खालका प्रतीयोगीताको सन्चालन भने चाडपर्वको छेको पारेर गर्ने गरिएको पाइएको छ । पर्वहरुको नजिक प्रतीयोगीता सन्चालन गर्दा ,धेरै सजिलो हुने गरेको छ , जिल्ला खेलकुद बिकास समिती रुपन्देहिका अध्यक्ष योग गुरुङ भन्छन – प्रायोजनका हिसाबले पनी योे सिजन निकै राम्रो मानिन्छ ।  गुरुङले भनेजस्तो प्रतीयोगीता सन्चालन गर्ने माहोल बनेपनी प्रायोजनका हिसाबले खेलकुदलाइ गाह हुने गरेको खेलसम्बन्ध बिज्ञहरु बताउछन । असोज २४ देखी रुपन्देहिको सैनामैनामा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सन्चालन हुन गैरहेको प्रथम मदन भण्डारी भलिबल प्रतीयोगीताका खेल संयोजक कमल अर्याल भन्छन – चन्दाका भरमा खेलकुदका गतीबिधी गर्नुपर्ने बाध्यता छ । त्यसैले सबैले ग्रासरुटबाट खेलकुदको बिकासको लागी सोच्नुपर्छ । ” रुपन्देहि लगायत छिमेकी जिल्लाका खेलाडीहरुलाइ प्रोत्साहन र खेलाडी उत्पादनका लागी प्रतीयोगीता गर्न लागीएको एकेडेमीका अध्यक्ष यमलाल खरेल बताउछन ।

चन्दाकै भरमा खेलकुद

पछिल्लो समय हुने खेलकुदका गतीबिधीमा खर्च अत्यधिक हुने गरेको छ । समान्य प्रतीयोगीता सन्चालन गर्नको लागी पनी २,४ लाख खर्चनुपर्ने बाध्यता हुन्छ, झरना स्पोर्टस क्लबका अध्यक्ष लोक पुन भन्छन– हामीले श्रमदानदेखी रसिदबाट प्रतीयोगीता सन्चालन गरिरहेका छौ । त्यसो त मोफसलको सर्वाधिक रुचाइएको र निरन्तर रुपमा सन्चालन हुने प्रतीयोगीताको नाम कमाउन सफल झरना क्लबले चन्दाकै भरमा कार्यक्रम गरेपनी खेलाडी उत्पादनमा बिशेष ध्यान दिएको जनाएको छ । चाहे गोलपार्कमा सन्चालन हुन गइरहेको क्रिकेट टुनामेन्ट होस चाहे तिलोत्तमा क्रिक्रेट प्रिमियर लिग होस ,चाहे फर्साटिरक कप नै किन नहोस । यी र यस्ता महत्वपुर्ण प्रतीयोगीता सन्चालन गर्नकै लागी चन्दा संकलन गर्नुपर्ने बाध्यता रहेको छ । खेलकुद पत्रकार मन्च रुपन्देहिका अध्यक्ष सुमन अधिकारी भन्छन – राज्य खेलकुदको नितिमा प्रस्ट नहुदा नहुदा पनी बिभिन्न स्थानीय स्तरका क्लब,सघंसस्थाले गर्ने प्रतीयोगीताले नै खेलकुद बचाएका छन । ”

पुरस्कार राशि बढाउनुपर्ने बाध्यता….

बिगतका दिनहरुमा सामान्य शिल्डबाट पनी प्रतीयोगीता हुने गरिएपनी पछिल्लो समय पुरस्कार राशिहरु बढाउदै लग्नुपर्ने बाध्यता देखिएको छ । केहि बर्ष अगाडी ५० हजार सम्म प्रथम पुरस्कार राखेको झरना स्पोर्टस क्लब कुन्जलापुरले पछिल्लो संस्करणको पुरस्कार राशी भने ३ लाख पुर्याएको छ । यस्ता धेरै क्लब छन जसले शिल्डबाट शुरु गरेको प्रतीयोगीतालाइ आज लाखौ रुपैयामा पुर्याएका छन । महङगी बढेको छ  जिल्ला खेलकुद बिकास समितीका सदस्य एवम पुर्व खेलाडी हिमाल थापा भन्छन – पहिला हामी सित्तैमा खेल खेलिदिन्थ्यौ तर अहिले खेलाडीहरुको पारिश्रमीक बढेको छ । पैसा बिना खेल्दैनन जुन ब्यबहारीक पनी छ । त्यसैले खेलकुद चलाउने संस्थाका लागी चुनौती थपिएको छ ।  राज्यसंयन्त्रबाट नियमीत खेलकुदका गतीबिधी नहुदा खेलाडीहरु मारमा परेको अबस्था त छदै छ तैपनी खेलाडी र खेलसंस्थाहरुले चुनौती खेप्दै प्रतीयोगीत गर्दा रुपन्देहिमा खेलकुद चलायमान छ ।