प्रगति मा बि को ४२ औं बार्षिक उत्सब सम्पन्न

प्रकाशित मिति:

कन्चन /प्रगति मा बि।,बेलभरिया,रुपन्देहीको ४२ औं बार्षिक उत्सब तथा अबिभाबक दिवस एक समारोहका बिच सम्पन्न भएको छ।राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको प्रमूख आतिथ्यतामा सम्पन्न बार्षिक उत्सबमा उपस्थित अभिभावक तथा बिधार्थीहरुलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य भट्टराईले शैक्षिक गुणस्तर सुधारका लागि साधारण शिक्षाबाट सिकेका कुरालाई प्राबिधिक शिक्षामा प्रयोग गर्न सक्नु पर्ने बताउनु भएकोछ।भट्टराईले भन्नु भयो अबको शिक्षाले समृद्धीको आधार तयार गर्नुपर्ने र त्यसको लागि गरिखाने प्राबिधिक शिक्षामा जोड दिनुपर्ने आजको आवस्यकता रहेको बताउनु भएकोछ।
यसैगरि विशिष्ट अतिथि तथा प्रदेश नं।५ का सांसद भुमिश्वर ढकालले उच्च शिक्षाको गुणस्तर बनाउन पुर्ब प्राथमिक तहको सिकाईलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएकोछ।

सांसद ढकालले भन्नु भयो पुर्व प्राथमिक तहमा बिशेष खालका बिधार्थी हुने भएकोले उनिहरुको उमेर र ईच्छा अनुसारको सिकाईलाई प्रभावकारी बनाउन बनाउनु पर्ने बताउदै अनुशासन र नैतिक शिक्षाको सिकाइ गराउनु पर्ने बताउनु भएकोछ।कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिधालयको भौतिक पुर्बाधारले पनि बिधार्थी र अभिभावकहरुको मानसिकतामा प्रभाव पार्ने भएकोले बिधालयको भौतिक पुर्बाधार राम्रो हुनु पर्ने बताउदै गाउपालिकाले प्रदेश र केन्द्र सरकार संगको समन्वयमा बिधालयहरुको भौतिक पुर्बाधार राम्रो बनाइने बताउनु भएकोछ।बिधालयका प्रधानाध्यापक जिबराज पौडेलले बिधालयको बार्षिक शैक्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा कञ्चन गाउपालिका वार्ड नं।१ का वडा अध्यक्ष हरिनारायण थारु,शिक्षा अधिकृत रमेश भुषाल,केजि कुमार पौडेल,बिधालय ब्यबस्थापन समितिका सदस्य दिपक पुन,बुद्दभुमि आधारभुत बिधालयका प्रधानाध्यापक लिलाधर शर्मा,शिक्षक हरिलाल शर्मा,पुर्बक शिक्षक प्रकाश गौतम, लगायतले बोल्नु भएको थियो।बिधालय ब्यबस्थापन समितिका अध्यक्ष ओम बहादुर थापाको अध्यक्षता सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक सरोज अधिकारीको स्वागत तथा शिक्षक बिष्णु प्रसाद ढुंगानाले कार्यक्रम संचालन गर्नुभएको थियो।