कञ्चन जेसिजमा नया नेतृत्व,अध्यक्षमा बाबुराम पौडेल निर्वाचित

प्रकाशित मिति:

कञ्चन /प्रस्ताबित कञ्चन जेसिजमा बर्ष २०२० का लागि बर्ष २०१९ का कानुनी सल्लाहकार जेसिज बाबुराम पौडेल निर्वाचित भएकाछन।प्रस्ताबित रुपमा रहेको कञ्चन जेसिजले कञ्चनमा सामजिक गतिबिधीहरु संचालन गरि फरक पहिचान बनाउन सफल जेसिजको बर्ष २०२० का लागि प्रथम उपाध्यक्षमा रोशन आचार्य,द्वितीय उपाध्यक्ष सुमन सुवेदी,तृतिय उपाध्यक्षमा धनपति ज्ञवाली र चौथो उपाध्याक्ष बुद्दि प्रसाद रेग्मी निर्वाचित हुनुभएकोछ।यसैगरी सह लोषाध्यक्षमा कोल बहादुर क्षेत्री र सह सचिबमा प्रिया तरामु निर्बाचित हुनुभएको।

यस्तै कार्यकारी उपाध्यक्षमा बर्ष २०१९ का महासचिब राजन शर्मा र मोहराज पौडेल निर्बाचित हुनु भएकोछ।निर्वाचन आयुक्त तथा सैनामैना जेसिजका बर्ष २०१८ का अध्यक्ष बिमल ज्ञवालीले निर्वाचित पदाधिकारीहरुलाई ककस गराउनु भएको थियो भने नब निर्नवाचित अध्क्षय जेसिज बाबुराम पौडेलले कञ्चन जेसिजलाई कञ्चन अब्बल संस्थाको रुपमा बिकास गरिने जेसिजको विधि र बिधान अनुरुप सामाजिक गतिबिधी संचालन गर्दै युवाहरुलाई आत्म निर्भर बनाउन गरि ब्यबसायिक प्रबर्द्धनमा उत्प्रेरित गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो।जेसिजमा महासचिब,कोषाध्यक्ष,कानुनी सल्हाहकार अध्यक्षले मनोनित गर्ने र निबर्तमान अध्यक्ष निरुपित अध्यक्षको रुपमा कार्यकारी समितिमा रहने ब्यबस्था रहेकोछ।