समाजवादी पार्टीमा विभिन्न पदमा मनोनयन

प्रकाशित मिति:

बुटवल/समाजवादी पार्टी प्रदेश समिति प्रदेश नं.५ को पदाधिकारी बैठकले विभिन्न पदमा पार्टी नेताहरुलाई मनोनयन गरेको छ । बैठकले पार्टी प्रदेश सल्लाहकार समिति प्रमुखमा सुधाकर मिश्रा, विज्ञ परिषद् प्रमुखमा अब्दुल रहमान खाँ, निर्वाचन आयोग प्रमुखमा जगतराम यादव,अनुशासन आयोग प्रमुखमा बिपिन पौडेल र लेखा आयोग प्रमुखमा कौशल धोवीलाई मनोनयन गरेको छ । पार्टी प्रदेश ५ अध्यक्ष अशोककुमार यादवको अध्यक्षता, प्रदेश ईन्चार्ज दानबहादुर चौधरीको प्रमुख आतिथ्यता तथा सह ईन्चार्जहरु मोहम्मद वकिल मुसलमान,चिनक कुर्मी र नवीन सुनुवारको विशिष्ट आतिथ्यतामा सम्पन्न वैठकले पार्टी संगठन विभागमा पार्टी मुख्य सचिव यज्ञ पोख्रेल, स्थानीय तह विभागमा सन्दीप पान्डेय, स्कुल (प्रशिक्षण ) विभाग प्रमुखमा मनिकर कार्की, पार्टी प्रदेश ५ को प्रवक्तामा अकरम पठानलाई र पार्टी प्रदेश समिति सदस्यमा रुपन्देही निवासी शैलेन्द्र पान्डेयलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

वैठकले रुपन्देही जिल्ला सह ईन्चार्जमा पंकज राई, किस्मत वि.क., रुपा मल्ल र रमजान फकिर तथा दाङ सहईन्चार्जमा टोपबहादुर महतारालाई मनोनयन गरेकोे छ । यस्तै कपिलवस्तु जिल्ला सह ईन्चार्जमा बजरंगी चौधरी र गीता श्रीवास्तवलाई मनोनयन गरिएको छ । वैठकले थारु र मगर समुदायको महान पर्व माघी÷माघे संक्रान्तिको अवसरमा थारु र मगर सहित समस्त नेपालीमा शुभकामना दिएको पार्टी अध्यक्ष अशोककुमार यादवले बताए । यस्तै पार्टी उपाध्यक्ष धनेश्वरी चौधरीकी बुवा र सदस्य दिलिप बर्माको आमाको निधन भएकोले शोक प्रस्ताव पारित गरेको छ । बैठकले पार्टी केन्द्रीय समितिले संगठन विस्तार तथा सुदृढीकरण अभियान संचालन गर्ने कार्यक्रमको शुभारम्भ माघ ३ गते कपिलवस्तुको तौलिहवामा भब्य कार्यक्रमको आयोजना गरि सम्पन्न गर्ने,माघ ४ गते पार्टी संसदीय दलको बैठक बसि प्रदेश ५मा सरकारलाई दिएको समर्थन फिर्ता लिने सन्दर्भमा छलफल गर्ने र पार्टीको नीति सिद्धान्त र विचार मिल्नेसंग बार्ता र छलफल गरि पार्टी प्रवेश गराउन पार्टी प्रदेश अध्यक्ष अशोककुमार यादवको संयोजकत्वमा उपाध्यक्ष विजयबहादुर यादव र मुख्य सचिव यज्ञ पोख्रेल सहितको ३ सदस्य पार्टी धु्रवीकरण समिति गठन गरिएको छ ।