इंग्लिस प्रिमियर लिगमा चेल्सीको सहज जित

प्रकाशित मिति:

काठमाडौं/इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा खेलको २७ औं मिनेटमा जोर्गीन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।खेलको ३८ औं मिनेटमा टामी अब्राहमले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ४९ औं मिनेटमा कलुम हड्सन ओडीले गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाए

जितसँगै चेल्सीले २२ खेलमा ३९ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा यथावत रहेको छ ।बर्नली २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।प्रिमियर लिग अन्तर्गत दोस्रो स्थानको लेष्टर सिटी भने साउथह्याम्पटनसँग २-१ गोल अन्तरले पराजित भएको छ ।यस्तै एभर्टनले ब्राइटनलाई १-० ले हराएको छ । वुल्भ्स र न्युकासलले भने १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।