शिल्पा सेट्टी छिट्टै ‘हंगामा– २’ मा देखिँदैछिन्

२७ पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
13 Shares


एजेन्सी – बलिउडकी अदाकारा शिल्पा सेट्टी छिट्टै ‘हंगामा– २’ मा देखिँदैछिन्। फिल्ममा शिल्पाको साथमा परेश रावल, जावेद जाफरीका छोरा मिजान जाफरी र प्रनिता सुभास मुख्य भूमिकामा छन्।यो फिल्मको सुटिङ सुरु भइसकेको छ। फिल्मको सेटबाट उनको एक भिडियो पनि सार्वजनिक भएको छ। शिल्पाले आफ्नो सोसल मिडिया अकाउन्टमा हंगामाको सेटबाट भिडियो सेयर गरेकी हुन्। भिडियोमा शिल्पाले फिल्मको बारेमा बोलेकी छन्। शिल्पाले भनिन्, ‘नयाँ फिल्म र नयाँ साल।

नयाँ उमंगसँग हंगामा– २ को सुटिङ गर्दैछु।मेरो मनपर्ने निर्देशकसँग म पहिलो पटक काम गर्दैछु। बहुत हंगामा गर्ने छौं।’भिडियोमा फिल्मलाई लिएर उनी खुसी देखिएकी छन्। भिडियो सेयर गर्दै उनले लेखेकी छन्, ‘नयाँ सुरुआत हंगामा– २, नर्भस, एक्साइटेड, हम्बल र ब्लेस्डजस्ता सोचाइ आइरहेका छन्। तपाईंको प्रेम र र सपोर्टको जरुरत छ।’ २००३ मा रिलिज भएको हंगामा अक्षय खन्ना, रिमी सेन, आफताव शिव दासानी, परेश रावल र सोमा आनन्द थिए। एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा
  • उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको नि:शुल्क कोरोना विमा गर्ने
  • भीरकोट नगरपालिकामा २८ हप्ते आईपिएम कृषक पाठशाला सम्पन्न
  • मिडिया मैत्री बजेट आएन
  • मुलुकमा बढ्दै गईरहेको जातीय बिभेद बिरुद्ध धकधईका युवा
  • अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो
  • कञ्चनमा निर्माणाधिन स्थलमा शौचालय नहुदा कामदारहरु खुल्ला दिसा गर्न बाध्य
  • बजेटले संस्थागत शिक्षालयलाई उपेक्षा गर्याे : शिक्षाविद
  • दोश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मन्त्रीद्धारा शुभकामना व्यक्त
  • रुकुम र देवदह घटनाको छानवीन गर्न समाजवादीको माग