यी हुन् दाँत स्वस्थ, चम्किलो बनाउने उपाय

२७ पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
23 Shares


एजेन्सी – हाम्रो दाँताको स्वास्थ्य निकै महत्वपूर्ण हुन्छ । दाँत सफा र स्वास्थ्य भएमा अन्य धेरै किसिमका रोगहरु पनि लाग्दैनन् । त्यसैले हामीले दाँतको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने हुन्छ । दाँत स्वास्थ्य बनाउन केही टिप्सःदाँतको मात्र ब्रस नगर्ने – दाँतलाई मजबुत र सेतो बनाउन कम्तीमा दिनको दुईपटक ब्रस गर्नुपर्दछ । यसमा पनि राति सुत्नुभन्दा ठीक अघि र सकभर खाना खाएपछि । ब्रस गर्दा खाली दाँतको मात्र नभएर पूरै मुख सफा हुने गरी गर्नुपर्छ । जिब्रोदेखि गिजासम्मको सफाइ गर्दा राम्रो हुन्छ ।ब्रस गरेपछि कुल्ला नगर्ने – साधारणतया हामी सबै ब्रस गरिसकेपछि पानीले मुख कुल्ला गछौँ  । दन्तचिकित्सकका अनुसार यस्तो गर्नु दाँतको स्वास्थ्यका लागि ठीक होइन ।योभन्दा बरु कम टुथपेस्ट प्रयोग गर्ने, कुल्ला नगर्ने गर्दा राम्रो  । यसो गर्दा टुथपेस्टमा भएको पदार्थले मुखमा रहेका कीटाणुलाई मारिदिन्छ  ।बढी चिनीको मात्र हुने खाद्यान्न नखाने – जुन पेयपदार्थमा चिनीको मात्रा वा गुलियो बढी हुन्छ, तिनले दाँतलाई असर गर्छन् । यतिसम्म कि सुगरफ्री ड्रिंक्समा समेत सोडा तथा अन्य फिँज आउने पदार्थ हुन्छ  । यसले दाँतमा क्याबिटीको खतरा हुन्छ । फिँज आउने पेयपदार्थमा बढी मात्रामा कार्बोनिक एसिड हुन्छ ।मादकपदार्थ सेवन नगर्ने – एउटा अध्ययनअनुसार मादकपदार्थ सेवन गर्दा क्याबिटी र गिजाको रोग लाग्ने सम्भावना बढी हुन्छ ।

अझ,यदि तपाईं राति रक्सी पिएर सुत्नुहुन्छ भने त यसले दाँतमा झनै खराबी गर्छ ।सो समयमा रक्सीका कारण झनै ब्याक्टेरिया सक्रिय हुन्छन् ।तुलसीको पात – तुलसी आफंैमा औषधि हो । यसमा अचम्मकै औषधीय गुण रहेको हुन्छ । यसमा रहेको औषधीय गुणले दाँतको पहेंलोपन हटाउन मद्दत गर्दछ। दाँतमा रहेको पहेंलोपन हटाउँदै गर्दा यसले दाँतको टल्कने बाहिरी भाग इनामेल भने निकै बलियो बनाउँछ । तुलसीमा यो शक्ति रहेको हुन्छ । तुलसीको पातलाई घाममा सुकाएर यसलाई मिचेर धुलो वा पाउडर बनाई प्रयोग गर्नुपर्छ । यसको सही प्रयोग भनेको टुथपेस्टसँग मिलाएर ब्रस गर्नु हो । यसले दाँतमा टलक्क टल्कने चमक ल्याउँछ ।नुन र तेल – यो अर्को घरेलु उपाय हो । हाम्रो गाउँघरमा अझैं पनि नुन र तेलले दाँत सफा गर्ने चलन छ । अलिकति नुनमा दुईचार थोपा शुद्ध तोरीको तेल मिसाएर दाँत सफा गर्नुपर्छ । केही दिनभित्रै यसको परिणाम देखिन थालिहाल्छ । नुन र तेलको प्रयोग गरेर ब्रस गर्नाले मुख गन्हाउने रोग पनि क्रमशः निको हुँदै जान्छ ।सुन्तलाको बोक्रा – दाँत स्वस्थ राख्ने र टल्काउने अर्को घरेलु उपाय भनेको सुन्तलाको बोक्राको प्रयोग हो । सुन्तलाको बोक्रालाई घाममा सुकाएर मसिनो बनाई धुलो पाउडर बनाउनुपर्छ । टुथपेस्टले दाँत ब्रस गरिसकेपछि सुन्तलाको धुलो वा पाउडरले दाँतमाथि बिस्तारै दल्नुपर्छ ।

सुन्तलाको बोक्रामा पाइने भिटामिन ‘सी’ र ‘क्याल्सियम’ले गर्दा केही दिनपछि दाँतमा चमक आउन थाल्छ ।गाजर सेवन – गाजर आफैंमा पोसिलो र मीठो हुन्छ । साँझ–बिहान खाना खाइसकेपछि सानो टुक्रा गाँजर मजाले दाँतले चपाएर खाने गरेमा दाँतको पहेंलोपन हट्छ । यसमा भएको रसले दाँतको पहेँलोपना हटाउन मद्दत गरेको हुन्छ । गाँजर आफंैमा रेसेदार खाना पनि हो । यसले दाँतलाई सफा पनि गर्दछ ।नीमको पात – नीम बहुपयोगी औषधि हो । यसले दाँतको सफाइमा निकै सहयोग पु¥याउँछ । यसमा रहेको औषधीय गुणले दाँत सेतो बनाउनुका साथै कीरा तथा रोग पनि नष्ट गर्नेगर्दछ । यो शक्तिले दाँतको इनामेल निकै सशक्त र बलियो बनाउँछ । हाम्रा पुर्खाले नीमको हाँगा र पातलाई दतिवनका रूपमा प्रयोग गर्दै आएका छन् ।कागतीको रस – अमिलोले दाँतको इनामेल पग्लन मद्दत गर्दछ । तर, कागतीको रसले भने दाँतलाई फाइदा पु¥याउने गरेको छ । यसको रसले दाँतलाई चम्किलो बनाउँछ । तर, कागतीको रस मात्र प्रयोग गर्नुहुँदैन । कागतीको रसबराबर मात्रामा पानी मिसाउनुपर्छ । खाना खाइसकेपछि यही कागती पानीले दिनहुँ मुख कुल्ला गर्ने बानी बसाल्नुपर्छ । यसले दाँतको पहेँलोपना हटाई चमक ल्याउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डिभीको रिजल्ट आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट
  • राप्तीमा पहिलो बौद्ध गुम्वाको शिलान्यास
  • कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आकर्षक स्वास्थ्य केन्द्र बनाउने…
  • कोभिड १९ राहत कोषमा ४० लाख ४३ हजार संकलन
  • स्वास्थ्यकर्मीमाथी भएको आक्रमण तथा दुव्र्यवहार प्रति दुख व्यक्त
  • बिश्व बाताबरण दिवसको सन्दर्भमा कञ्चन जेसिजद्धारा बृक्षारोपण
  • पेखु ठानामा चक्लाबन्दी खेती अन्तर्गत सुन्तला, कागती रोपियो
  • कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट स्थापना हुने
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्वारा नि:शुल्क शुद्व तरकारीहरु, फलफुल र…
  • मानव अधिकार निगरानी समूहद्वारा क्वारेन्टाइन अवलोकन