अमेरिकामा आँधीबेहरी : कम्तीमा आठ जनाको मृत्यु ,लाखौं प्रभावित

प्रकाशित मिति:

बुटवल – अमेरिकामा आएको आँधीबेहरीले लाखौं मानिस प्रभावित भएका छन् । भारी वर्षापछि आएको आँधीबेहरीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । आँधीबेहरीले दक्षिणी अमेरिकालाई निकै असर पुर्याएको छ । टेक्सास, अलाबामा र लुधियाना राज्यका लाखौं जनता बढी प्रभावित भएका छन् ।

यी तीन राज्यमध्ये अलाबामा सबैभन्दा खतराको स्थितिमा रहेको मौसमविद्हरुले बताएका छन् । हजारौंलाई सुरक्षित स्थलमा सारिएको छ । हजारौं घरमा क्षति पुगेको छ भने बाढीका कारण यातायात सेवा ठप्प भएको छ । तीव्र गतिको हावाका कारणले गर्दा सयौं हवाइ उडान रद्द भएका छन् । सिकागागोका दुईवटा विमानस्थलबाट कुनै पनि उडानहरु भएका छैनन् । यता मध्यपश्चिमी अमेरिकामा पनि असर पर्ने चेतावनी मौसमविदहरुले दिएका छन् । भारी वर्षा र आँधीबेहरी अझ केही दिन रहने बताइएको छ । -एएफपी/एजेन्सी