फेरी बढ्यो सुनको भाउँ

प्रकाशित मिति:

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको हो ।

प्रतितोला ७४ हजार ६ सय रुपैयाँमा शुक्रबार कारोबार भएको छापावाला सुन आज ७५ हजारमा कारोबार भएको छ । प्रतितोला ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन ७४ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यसैगरी, शुक्रबार प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर तोलाको ८९० रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ ।