सूचना प्रविधि विधेयक सर्वसत्तावादको पूर्वाभ्यास : नेता कोइराला

प्रकाशित मिति:

काठमाडौं- सरकारले संसदमा दर्ता गरेको सूचना प्रविधि विधेयक सर्वसत्तावादको पूर्वाभ्यास भएको कांग्रेस नेता डा शेखर कोइरालाले टिप्पणी गरेका छन्। नेता कोइरालाले आइतबार विज्ञप्ति निकालेर लोकतन्त्र तथा विधिको शासनको विश्वव्यापी सिद्धान्त र मान्यताविपरीत विधेयक ल्याइएको बताएका छन्।

आमसंचार माध्यम र सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा ल्याइएको सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसाय सरकारको रहेको डा कोइरालाले आरोप लगाए। जनआन्दोलनको जगमा स्थापित संघीय लोकतन्त्रिक गणतन्त्र कमजोर हुने कार्यलाई कांग्रेसले सशक्त प्रतिकार गर्ने दाबी उनले गरे। शाही शासनको समयमा हल्ला चलेको विधयेककै रुपमा सरकारले विधेयक ल्याएको उनको ठहर छ।