विवाह गरेकै दिन यौनसम्बन्ध स्थापित गर्नु ठिक हाे वा हाेइन ? जानी राखाैं

प्रकाशित मिति:

के विवाह गरेकै दिन यौनसम्बन्ध स्थापित गर्नु सही हो ? यो प्रश्नले धेरैलाई सताएको हुनसक्छ । हुन त यो आपसी सहमतीमा भर पर्ने कुरा हो तर अरेन्ज म्यारिजमा पुरुषलाई थुप्रै पटक यो कुराले तर्साएको हुन्छ । थाहा पाउनुहोस् सिनियर साइकोलोजिस्ट र म्यारिटल वेलनेस एक्सपर्ट आँचल भटनागरको भनाईः

धेरैलाई चिन्तित बनाएको हुन्छ यो प्रश्नलेः
आँचलका अनुसार धेरै मानिसहरुले विवाहको प्रतिक्षा गरेपछि विवाह गर्ने जोडी नर्भस र बेचेन देखिने गर्दछन् । विवाहको पहिलो रात यौन सम्बन्ध राख्ने कि नराख्ने भन्ने प्रश्न उब्जिनु साधारण हो ।

बिस्तारै सुरु गर्नुहोस् कुराकानीः
यदि तपाईं पुरुष हुनुहुन्छ र यो प्रश्नले तनावमा हुनुहुन्छ भने तपाईं केयरिङ हुनुहुन्छ भन्ने दर्साउँछ । यदि तपाईं र तपाईंकी श्रीमतीबिच आपसी सम्मान र साथीत्वको भावना छ भने तपाईं बिस्तारै बिस्तारै यो मुद्दामा कुरा गर्न सक्नुहुन्छ ।

बुझ्नुहोस्, पार्टनरको मनः
जसरी पुरुषलाई यो प्रश्नले तनावमा पारेको हुन्छ, महिलालाई पनि यही प्रश्नले नर्भस तुल्याएको हुन्छ । यदि तपाईं यो मुद्दामा कुरा गर्न सुरु गर्नुहुन्छ भने हुनसक्छ तपाईंकी पार्टनरले पनि आफ्नो मनको कुरा खोल्नेछिन् ।

आफ्नो मनको कुरा भन्नुहोस्ः
सेक्सजस्तो संवेदनशील मुद्दामा यदि तपाईंलाई बेचैनी वा इच्छा छ भने आफ्नो कुरालाई निर्धक्क भन्नु नै राम्रो हुन्छ । तपाईंको मनको के चलिरहेको छ, त्यसलाई दर्साउन अन्य कुनै बाटो छैन ।

यसरी गर्नुहोस् सुरुवातः
यदि तपाईंलाई लाग्छ कि यो मुद्दामा कसरी कुरा गर्ने, तपाईं श्रीमतीलाई आफ्नो सुहागरात र विवाह कस्तो चाहन्छिन् भनेर सोध्न सक्नुहुन्छ ।

सेक्स नै हुनुपर्छ भन्ने छैनः
विवाहको दिन सेक्स गर्नु सही हो वा होइन, यसमा यो मात्र भन्न सकिन्छ कि यसमा केही राम्रो वा नराम्रो छैन । विवाहको रात जीवनभरी याद रहने रात हो त्यसकारण यतिबेला सेक्स नै हुनुपर्छ भन्ने जरुरी छैन ।

यसरी पनि बनाउन सक्नुहुन्छ अविष्मरणीयः
तपाईंको विवाहको रात कस्तो हुनुपर्छ त्यो तपाईं दुईको निर्णयमा भर पर्नुपर्छ । कुनै रितिरिवाजमा दबाबमा आउनुहुँदैन । त्यसदिन सेक्स हुन पनि सक्छ र नहुन पनि । अबेर रातीसम्म कुराकानी गरेर वा एकअर्कालाई अंगालो हालेर सुत्न सक्नुहुन्छ । जुन तपाईं दुईको मर्जीले होस् कुनै रिति रिवाजमा दबाबमा होइन ।