पृथ्वीनारायण शाह राजाहरुको पनि राजा हुनुहुन्थ्यो – प्रधानमन्त्री ओली

प्रकाशित मिति:

काठमाडौं – २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । उहाँले पृथ्वीनारायण शाह प्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । आज सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले नेपाल राज्यको एकीककरणमा पुर्खाहरुकै पृथ्वीनारायण् शाहले नेतृत्व गरेको उल्लेख गर्नुभएको छ ।

नेकपा अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्रीले लेख्नु भएको छ, ‘नेपाल राज्यको एकीकरणमा हाम्रा पूर्खाहरुको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । नेपाल राष्ट्रको यस अभिवृद्धि, विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजूट भएर अघि बढ्न सबैमा हार्दिक आह्वान गर्दछु ।’

यस्तै सरकारले सार्वजनिक विदा किन नदिएको भन्दै टिप्पणीहरु पनि आइरहेका छन् । देशमा गणतन्त्र आएपछि सरकारले पृथ्वी जयन्तीमा दिदैं आएको विदा कटौती गरेको हो । तर देश तथा विदेशमा भएका नेपालीहरुले राष्ट्र निर्माता शाहको जन्मदिन धुमधामसँग मनाइरहेका छन् ।