फुटसलको उपाधी रोट्रयाक्ट क्लव अफ रामापिथेकसलाई

प्रकाशित मिति:

विष्णु घिमिरे / बुटवल – रोट्रयाक्ट क्लब अफ रुपन्देहीले आयोजना गरेको फुटसल टुर्नामेन्टमा रोट्रयाक्ट क्लव अफ रामापिथेकसले  ३ का बिरुद्ध ११ गोल हान्दै फराकिलो जित सुनिश्चीत गरेको छ ।  बुटवलको मणिग्राममा आयोजना गरिएको फुटशल प्रतियोगितामा जोन ११ र १२ गरि आठ क्लबहरु सहभागि रहेका थिए ।

खेलमा रोट्रयाक्ट क्लब रामापिथेकसले रोट्रयाक्ट  क्लब क्षितिज इन्टरनेसनलाइ ३ गोलका बिरुद्ध ११ गोल हान्दै प्रथम स्थान हासिल गरेको छ । भने दोस्रो स्थान रोट्रयाक्ट क्लब क्षितिज इन्टरनेसनले प्राप्त गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष सुरज खत्रिले रोट्रयाक्ट क्लबहरुले सामाजिक क्षेत्रमा खेलेको भुमिकाको प्रसंसा गर्दै खेल क्षेत्रलाइ प्राथमिकता दिएको प्रती खुसि व्यक्त  गर्नु भयो । रोट्रयाक्ट  क्लब रुपन्देहीले खेलकुदलाई प्राथमिकता दिदैँ महत्वपुर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दै आउँदा दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन समेत उहाँले आग्रह गर्नु भयो ।  कार्यक्रममा रोटरी डिष्ट्रीक ओफिसियल उमानाथ अधिकारी , मिलन भण्डारी लगायतले मन्तव्य राखेका थिए ।