बुद्धभुमी साना किसानको नाफा ३ करोड ३० लाख

प्रकाशित मिति:

डिलाराम भुसाल /कपिलवस्तु – कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा रहेको वुद्धभुमी साना किसान कृषी सहकारी संस्था लिमिटेडले गत आ.व.मा ३ करोड ३० लाख मुनाफा कमाएको बताएको छ । वरकुलपुर र बुड्ढी साना किसान मर्ज भएर वनेको कृषी सहकारीले ५ हजार ८ सय सदस्य विच कारोवार गरेर नाफा कमाएको हो । शनिवार बुद्धभुमी ९ ईमिलियामा सम्पन्न सहकारीको मर्जर पछीको दोस्रो साधारण सभाले लघुवित्त कर्जा मार्फत साना कृषकको आर्थिक सम्वृद्धीको लागी जोड दिईने वताईएको छ ।

साधारण सभाको समुद्घाटन गर्दै प्रदेश सभा सदस्य माला गोतामेले सहकारी मार्फत कृषी क्षेत्रको विकासको लागी प्रदेश सरकारले समेत सहयोग गर्ने वताईन् । सहकारीको माध्यमबाट सहुलियत दरमा कर्जा लगानी गरी कृषकलाई फाईदा पुराएकोमा बताईन् ।  नगरपालिकाका ७ वटा वडामा कार्यक्षेत्र रही कृषी क्षेत्रमा सहुलियत दरमा कर्जा प्रदान गरी कारोवार गर्दै आएको छ । नगरका २ ठुला सहकारी मर्ज भई ग्रामिण क्षेत्रका कृषकहरुलाई सेवा पुराउन सहकारीले थप जोड दिने सहकारीका अध्यक्ष पदम प्रसाद खनालले वताएका छन् । सहकारीले दुघ जन्य र मासु जन्य वस्तु उत्पादन गर्ने कृषकका लागी ९ प्रतिशतमा लगानी गर्ने गरेको खनालले वताए ।

सहकारीले आ.व. ०७५÷०७६ मा ९० करोड वढीको कारोवार गरेको छ । ११ करोड ५६ लाख संचालन मुनाफा र ८ करोड २६ लाख रुपैया खर्च गरेको लेखा संयोजक सुरेन्द्र प्रसाद खनालले वताएका छन् । संस्थाको शेयर पुजि ९२ लाख रहेको छ भने ७ करोड ८४ लाख रुपैया कर्जा लगानी गरेको छ । कार्यक्रमका उत्कृष्ठ कृषक, समुह, जेष्ठ नागरीक, अपांगता भएका व्याक्ति लाई सम्मान समेत गरीएको सहकारीका व्यवस्थापक वलराम भुसालले वताएका छन् । कार्यक्रममा वडा नं. ९ अध्यक्ष खुमानन्द खनाल, वडा नं. ८ अध्यक्ष कपिलदेव तिवारी, समाजसेवी रुपेस कुमार श्रेष्ठ, रेश्मीराज अधिकारी, भुवनेश्वर खनाल, चुमा खनाल, लेखनाथ पौडेलले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम दुर्गा प्रसाद अधिकारीको स्वागत, चुरामणी पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।

थप समाचार