इन्टलेक्च्यूअलमा खेलसप्ताह शुरु

प्रकाशित मिति:

बुटवल-  इन्टलेक्च्यूअल एकेडेमी, बुटवल –११ कालिकानगरमा आइतवार देखि खेल सप्ताह –२०७६ शुरु भएको छ । अतिरिक्त क्रियाकलाप अन्तर्गत प्रत्येक वर्ष संचालन गरिदै आएको खेलसप्ताह –२०७६ को एक समारोह विच स्कुलका प्रवन्ध निर्देशक रामराज पोख्रेलले शुभारम्भ गर्नु भयो ।

शुक्रबारसम्म संचालन हुने कार्यक्रमको पहिलो दिन आइतवार पुर्वप्राथमिक तर्फ मिठाई दौड, र तातो आलु खेलमा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए भने कक्षा एक देखि तिनसम्मका विद्यार्थी विचमा चम्चा दौड र सिटीगेम प्रतियोगीता सम्पन्न भएका छन् । त्यसैगरि कक्षा चारदेखि कक्षा छ सम्मका विद्यार्थी विच चम्चा दौड र हिटराउन्ड अन्तरर्ग सदनात्मक रुपमा व्यडमिन्ट प्रयिोगीता सम्पन्न भएका छन् । भने कक्षा सातदेखि नौ सम्म सदनात्मक रुपमा व्याडमिन्टन र बेलुन डान्स प्रतियोगीता सम्पन्न भएका छन् ।

खेलसप्ताह अवधीभर रिेलेदौड, बेलुन ब्लास्ट, बुक ब्यालेन्स, हाइजम्प, लङजम्प, गणितिय दौड, कपर्दी, टगअफवार, भलिवल, खेलहरुमा विद्यार्थीहरुलाई प्रतिस्पर्धा गराइने छ ।  अतिरिक्त क्रियाकलाप संयोजक शोभा देवकोटाको अध्यक्षतामा सम्पन्न खेल सप्ताह शुभारम्भ, कार्यक्रमको संचालन शिक्षक अग्नीधर पोख्रेल र मित्रजन भण्डारीले गर्नु भएको थियो ।