लेबनानमा नयाँ प्रधानमन्त्री विरुद्ध हजारौँको प्रदर्शन

प्रकाशित मिति:

बेरुत – लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले सडकमा प्रदर्शन गरेका छन् । राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीहरुले प्रदर्शन गरेको बताइएको छ । प्रधानमन्त्रीमा दियब नियुक्त भएकोमा उनीहरुले असहमति जनाएका छन् । भ्रष्ट राजनीतिक पार्टीहरुको सहयोगमा उनी प्रधानमन्त्री भएकाले उनलाई अस्विकार गरिएको उनीहरुको भनाई छ ।
अहिलेको सरकारले पनि देशको आर्थिक चुनौतीहरुलाई सामना गर्न नसक्ने भएकाले विरोध गर्नु परेको आन्दोलनकारीले बताएका छन् ।
आन्दोलनकारीहरुको मागलाई सरकारले बेवास्ता गरिरहेको एक आन्दोलनकारीको आरोप थियो । प्रदर्शनकारीहरुले देशव्यापी आन्दोलनको तयारी भइरहेको जानकारी दिएका छन् ।

उनीहरुले स्वतन्त्र व्यक्तिहरुको सहभागीता सहिन सरकारको पुनर्गठन गर्न माग गरेका छन् । देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न उनीहरु सक्षम रहने आन्दोलनकारीहरुको दाबी रहेको छ । तर नयाँ प्रधानमन्त्री दियब भने सरकार पुनर्गठनका लागि असफल हुदै आएका छन् । उनलाई सघाएका विभिन्न दलहरुको दवावका कारण उनले सरकार पुनर्गठन गर्न नसक्नु भएको हो । लेबनान अहिले आर्थिक कारणले खतरापूर्ण अवस्थामा रहेको छ । असफल राजनीतिक नेताहरुका कारण मुलुक यो अवस्थामा पुगेको आन्दोलनकारीको भनाई छ । राससरसिन्ह्वा