तिलोत्तमा सिर्जनशिल समाजद्वारा बिद्यालयमा न्यानो कपडा बितरण

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – तिलोत्तमा सिर्जनशिल समाजले आफ्नो स्थापना दिवसको अवसरमा सरस्वती आधारभुत बिद्यालय तिलोत्तमा १२ रुपन्देहीमा न्यानो कपड़ा बितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा संस्थाले कक्षा शिशुदेखि ५ सम्मका सम्पुर्ण विद्यार्थीलाई स्वीटर वितरण गरेको थियो । साथै  कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सन्तोस कुमार के.सिले यो वर्षको वार्षिक परिक्षमा विद्यालय प्रथम हुने विद्यार्थीलाई नगद रु २०,००० प्रदान गर्ने बताउनुभयो ।

बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष ईश्वरीप्रसाद ज्ञवालीले बोल्दै तिलोत्तमा ४ बाट आफ्नै क्षेत्र मानेर तिलोत्तमा १२ मा आएर दुर्गम तथा पिछडिएको बस्तिमा सन्चालित बिद्यालयमा आएर निकै सर्हानिय कार्य गरेको प्रती खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो । साथै सो अवसरमा संस्थाका सदस्य सन्तोष पौडेलले कक्षा शिशुदेखि ५ सम्म कक्षा प्रथम हुनेलाई उत्कृष्ट पुरस्कार दिने प्रतिबद्धता जनाउनुभयो ।  साथै पौडेलले कक्षा ५ मा अध्ययनरत छात्रा रिमा थारुलाई कार्यक्रम अवधिभर अनुषासित घोषित गर्दै रु ५०० प्रदान गर्नुभएको कार्यक्रम संयोजक अन्जु पौडेलले सबलपोस्टलाई जानकारी गराउनुभयो ।