गेष्ट हाउसका नाममा धन्दा चलाउने सञ्चालक एक जोडीसहित पक्राउ

प्रकाशित मिति:

धनुषा – देशको प्रमुख शहरमा दे’ह व्यापार डर’लाग्दो भएको छ । होटलमा यौन धन्दा चलाउने सञ्चालकसहित एक जोडीलाई धनुषा प्रहरीले छा’पा मा’रेर नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित पेपरमिल रोडमा सन्चालनमा रहेको सुविधा गेष्ट हाउसमा छा’पा मा’री प्रहरीले गएराति १ महिला र १ पुरुष अनै’तिक क्रियाकलापमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको हो ।

यस्तै महिलाहरुलाई प्रलोभनमा पारी जब’र्जस्ती यौ’न व्यसायमा लगाउने गरेको खुलासा पनि भएको छ । यस प्रकरणमा गेष्ट हाउसकी सन्चालक धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं ६ की २६ कि रिता चौधरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई मानव वे’चबि’खन तथा ओ’सारपो’सार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मु’द्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी गराएको छ ।