अनियमितता गरेको आरोपमा विप्लवका समुहद्वारा सडक डिभिजनका प्रमुखलाई कालोमोसो

२७ पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


दाङ – सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् ।उनीमाथि अनियमितता गरेको, निर्माण व्यवसायीसँग मिलेर काममा ढिला गराएको लगायत ११ आरोप लगाइएको छ ।

घटनास्थलमा जिल्ला जनपरिषद्को नामको व्यानर पनि भेटिएको छ ।दाङबाट सरुवा भएर गइसकेका चौधरी आइतबार रमना लिन जिल्लामा आएका थिए । उनी जिल्लामा मुस्किलले ३÷४ महिना प्रमुखको रुपमा काम गरेका थिए ।अन्नपुर्ण पोस्ट  

फेसबुकबाट तपाईको प्रतिक्रिया