नेपाल एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा टायर पन्चर

प्रकाशित मिति:

काठमाडौं – सोलुखुम्बुको फाप्लुबाट आएको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टायर पन्चर भएको छ ।

फाप्लु विमानस्थलबाट आएको नाइनएन एबीयू कलसाइनको ट्वीन अटर विमान विहान ८ बजेर ३४ मिनेटमा अवतरण गरेको थियो । अवतरणका क्रममा टायर पन्चर भए पनि अन्य क्षति भने नभएको विमानस्थलका एक अधिकारीले बताए । विमानमा भएका सबै यात्रुहरु सकुशल छन् ।