ॐ सोमबारको दिनमा भगवान शिव जीको पुजा आराधना गर्नाले हुन्छ यस्तो फाईदा

प्रकाशित मिति:

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ । त्यस्तै सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यस्तै श्रद्धा भाव राख्दै निम्न पाँच काम गर्नाले पनि मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

१. सोमवार भगवान शिवको दिन अर्थाता चन्द्रमा का दिनका रुपमा लिइन्छ। यस दिन विहान सवेरै उठेर भगवान शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रसन्न भइ समस्या समाधान हुने विश्वास गरिन्छ ।

२.दापत्य जीवनमा आउने उतार चढाव वा समस्या समाधानको लागि सोमवारको विहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

३.त्यस्तै सोमबारको विहान बेलपत्रमा सेतो चन्दनको टीका बनाएर शिवलिंगको पूजा गर्नाले पनि फलिफाप हुन्छ ।

४. सोमवारका दिन आफ्नो पायक पर्ने शिव मन्दिरमा पुगेर शिवलिंगमा दूध चढाउनुपर्छ । उक्त दूध तामाको भाडामा ल्याएर आफ्नो व्यापार व्यवसाय गरेको ठाउँमा पूर्ण श्रद्धाका साथ छर्किदै ‘ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्रीवृद्धि हुने मान्यता राखिन्छ ।

५. ‘ॐ नमो धनदाय स्वाहा’ मन्त्र कुनै शिव मन्दिरमा गएर रुद्राक्षको मालाले ११ पटक जप गर्नुहस् । यस मन्त्रको जप गर्नाले धन लाभ हुने धार्मिक विश्वास छ ।

मानिसका आआफ्नै इच्छा हुन्छन् । कोही दैनिक नयाँ नयाँ परिकार खाने अनि कोही भोकै व्रत बस्ने । धार्मिक तथा वैज्ञानिक दुवै कारणबाट हप्तामा एक दिन बस्ने व्रत स्वास्थ्यका लागि राम्रो मानिन्छ । धर्मशास्त्र अनुसार व्रत शारिरीक स्वास्थ्यको दृष्टि महत्वपूर्ण छँदैछ, बार अनुसारको लाभ पनि फरकफरक रहने विश्वास गरिन्छ । सोमबार व्रत बस्दा के फाइदा हुन्छ ? धर्मशास्त्रमा के भनिएको छ ? तपाईंलाई चासो हुन सक्छ । सोमबारको व्रत बस्दा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ ।

धर्मशास्त्र अनुसार, सोमबारको व्रत फलदायी मानिन्छ । सोमबारको व्रतले मानिसका हरेक इच्छा, आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ भन्ने मान्यता रहि आएको छ । विशेष गरी अविवाहित स्त्रीले असल तथा इमान्दार श्रीमान् पाउँछन् भन्ने मान्यता छ । चिकित्सकहरुले पनि हप्तामा एक दिन खाना नखाई ‘फास्टिङ’ बस्दा स्वास्थ्यलाई राम्रो गर्ने बताउँछन् । तर, बिरामी व्यक्तिले भने, चिकित्सकको राय अनुसार खानपानमा ध्यान दिनु जरुरी छ।