भीरकोट जेसीजको अध्यक्षमा मिना खाँण

२८ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


भीरकोट – विधिको शासन, विश्व बन्धुत्वको भावना र मानवताको सेवामा समर्पित यूवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा अग्रणी संस्था वालिङ जेसीजको मातृत्वमा यसैवर्ष स्वीकृती प्राप्त भीरकोट जेसीजको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनवाट मिना खाँणको नेतृत्वमा नयाँ कार्य समिती चयन गरिएको छ । अधिवेशनवाट कार्यकारीणी उपाध्यक्षमा प्रसुन मगर र सुन्दर कोइराला, उपाध्यक्षहरुमा हरि श्रेष्ठ, भरत खड्का, शुशिल खाँड र शिवप्रसाद खनाल सर्वसम्मत निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष खाँडले महासचिवमा वर्षा पंगेनी, कानुनी सल्लाहकारमा राजकुमार गुरुङ, कोषाध्यक्षमा ज्ञामा आले, सहकोषाध्यक्षमा राजकुमार विक, अध्यक्ष सल्लाहकारमा कृष्णप्रसाद पौडेल, सचिवमा विजय गुरुङ, तालिम आयुक्तमा प्रेम न्यौपाने, महिला परिचानल संयोजकमा योजना गौतम र शाखा निर्देशकमा कमल रेग्मीलाई मनोनित गरेकी छन् ।

भीरकोट नगरपालिका स्थित बयरघारीमा शनिवार सम्पन्न अधिवेशनको उद्घाटन भीरकोट नगरपालिकाका नगर प्रमुख छाँयाराम खनालले गरेका थिए । उद्घाटन गर्दै नगर प्रमुख खनालले युवाहरुलाई नेतृत्व र व्यक्तीत्व बिकास गर्नको लागि जेसिसले महत्त्वपूर्ण भुमीका खेलेको र सामाजीक कार्यहरु गर्दै समाजमा स्थापित भएकाले अझै बिबिध सामाजिक कार्यक्रम गर्न सुझाव दिएका थिए ।

उद्यमशीलताले मात्रै आर्थिक रुपमा सफल र सक्षम बन्न सकिने बताउँदै नगर प्रमुख खनालले जेसिज युवाहरुको संस्था हो यसले उद्यमशीलताको नेतृत्व गर्नु पर्दछ । युवा पुस्ता नोकरी तर्फ नलागी उद्यम तर्फ लागेमा मात्रै देशमा संबृद्धि आउने उनको तर्क थियो । भीरकोटमा जेसीज स्थापना हुँदा आफूलाई निकै गर्भ लागेको वताउदै नगरपालिका जेसीजसंग सधै सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल जेसीजका पूर्व उपाध्यक्ष अमृत अर्यालले यूवाहरुलाई तालिमको माध्यमवाट नेतृत्व लिन सक्ने साथै उद्दमशीलताको माध्यमवाट समाजमा हिड्न सिकाउने संस्था भएकाले भीरकोटमा यस संस्थाले छिट्टै फरक खालको पहिचान स्थापना गर्ने विश्वास व्यक्त गरेका थिए । भीरकोटवाटै वालिङ जेसीजमा आवद्ध भएर नेपाल जेसीजको उपाध्यक्ष र वालिङ जेसीजको अध्यक्षमा दुई जनाले नेतृत्व प्रदान गरिसकेको हुँदा भिरकोट जेसीजको सधै अभिभावक बन्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

वालिङ जेसीजका निवर्तमान अध्यक्ष तथा भीरकोट नगरपालिका वाड नं ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीले भीरकोट जेसीजलाई चाँदीको माला सौजन्य गरेका छन् । संस्थापक अध्यक्ष उमेश गुरुङको गलामा माला लगाइदिएका थिए । उनले संस्था स्थापना भन्दा संचालनमा कठिनाई हुने हुँदा शाखालाई जीवन्त प्रदान गर्न सम्पूर्ण संस्थापकहरुलाई आग्रह गरेका थिए । जेसीज अन्तराष्ट्रिय स्तरमै नेतृत्व र व्यक्तित्व विकासमा अव्वल मानिएको संस्था भएकाले यसको भावना मर्म र गरिमा अनुरुप शाखा सन्चालन गर्न नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितीलाई आग्रह गरेका थिए । कार्यक्रममा भीरकोट ३ का अध्यक्ष बाबुराम श्रेष्ठ, मातृ शाखा वालिङ जेसीजका अध्यक्ष राजु तिवारी, नवनिर्वाचित अध्यक्ष होमकान्त गौतम, गल्याङ जेसीजका अध्यक्ष शिवप्रसाद खनाल लागयतले नवनिर्वाचित कार्यसमितीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

साधारण सभा तथा अधिवेशनमा भीरकोट जेसीजको वर्ष २०१९ को आर्थिक प्रतिवेदन कोषाध्यक्ष मिना खाँण, सचिवको प्रतिवेदन महासचिव प्रशुन मगर र अध्यक्षको प्रतिवेदन उमेश गुरुङले पेश गरेका थिए । प्रतिवेशन पेश गर्दै गुरुङले शाखा स्थापनाका लागि सहयोग पुर्याउने मातृशाखा वालिङ, भिरकोट नगरपालिका र सम्पूर्ण संस्थापक कार्यसमिती प्रति आभार व्यक्त गरेका थिए । कार्यक्रमका संयोजक तथा २०१९ का कार्यकारीणी उपाध्यक्ष राजकुमार गुरुङले कार्यक्रममा उपस्थितलाई स्वागत गरेका थिए । भने सन्चालन महासचिव प्रसुन मगरले गरेका थिए । भने नबनिर्बाचित अध्यक्ष खाँणले जेसिसले आगामी दिनमा युवाको ब्याक्तित्व बिकासका साथै समाजका हरेक बर्गसंग सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन्। सबै खाले चुनौतिको सामना गर्दै भीरकोट जेसीजको गरिमालाई थप उचाईमा पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया