ज्वालामुखी विष्फोटपछि ११० किलोमिटर परसम्म उछिट्टियो, लगातार भूकम्प, सुनामीको चेतावनी

प्रकाशित मिति:

एजेन्सी- फिलिपिन्सको बाटनग्यास प्रान्तको तागेते शहरमा आइतबार विष्फोट भएको ज्वालामुखीले त्यस क्षेत्रमा ७५ भन्दा धेरै भूकम्पका झट्का आइसको छन् । जसको कारण सुनामी आउने आशंका गरिएको छ । यो ज्वालामुखी विष्फोटपछि ५० हजार फिट अग्लो खरानीको बादल बनेको थियो ।यो दृश्य यतिसम्म भयानक थियो कि आसपासका शहरका मानिसहरु त्रसित बने । खरानीको बादलमा यति धेरै चार्ज थियो कि यसले तीनदेखि ४ पटक आकाशबाट चट्याङ नै तान्यो । ताल ज्वालामुखीको खरानी विष्फोट भएको ठाउँबाट १ सय १० किलोमिटर टाढा राजधानी मनिलासम्म पुगेको थियो । विष्फोटपछि यस क्षेत्रमा ७५ भन्दा धेरै भूकम्पका झट्का आइसकेका छन् । भूकम्प, खरानी र खराब मौसमबाट बचाउन २ हजार ५ सय भन्दा धेरै परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

ताल ज्वालामुखी १९७७ देखि लगातार बेलाबेलामा विष्फोट भइरहेको छ । यसपटक यो ज्वालामुखी ४४ औं पटक विष्फोट भएको हो । आइतबार बिहान ४ बजेर ३३ मिनेटमा ज्वालामुखी विष्फोट भएदेखि ७५ भन्दा धेरै पटक भूकम्पका झट्का महसुस गरिएको छ । सबैभन्दा शक्तिशाली झट्का ६ रेक्टर स्केलको आएको छ ।राजधानी मनिलाको अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ घण्टामा २४२ उडान रद्द भइसकेका छन् । यो विमानस्थलमा तत्कालको लागि सबै उडान रोकिएको छ । किनकि खरानीको बादलबाट साढे २ इन्चसम्म व्यास भएका लाभाका चट्टान खसिरहेका छन् । यी चट्टान गल्फ बलभन्दा पनि ठूला छन् ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्क्यानोलोजी एण्ड सिस्मोलोजीले ज्वालामुखीका कारण चेतावनीको स्तर ४ पुर्याएको छ जसको अर्थ निकै खतरनाक स्थिति भन्ने हुन्छ । यो चेतावनी त्यतिबेला जारी गरिन्छ जब ज्वालामुखीबाट केही दिनमा अझै नोक्सानीको आशंका हुन्छ ।
ताल ज्वालामुसी विष्फोटपछि त्यसबाट निस्किएको खरानी र ग्यासले ६० किलोमिटर प्रतिघण्टाको गतिमा फैलिन सुरु गरेको थियो । त्यसपछि ज्वालामुखीबाट करिब ११० किलोमिटर टाढा राजधानी मनिलासम्म खरानीको बाक्लो पत्र बन्यो । ज्वालामुखीको आसपास र बाटनग्यास प्रान्तका करिब ३ लाख नागरिकलाई सुरक्षित स्थानमा पुर्याउने काम जारी छ । १९११ मा पनि ताल ज्वालामुखी विष्फोट भएको थियो त्यतिबेला यसका कारण १५०० नागरिक मारिएका थिए । त्यसपछि पनि यो ज्वालामुखी विष्फोट भइरहेको छ तर त्यति ठूलो नोक्सानी भएको छैन । फिलिपिन्स सरकारले नागरिकलाई मास्क लगाउन भनेको छ । साथमा घरबाट बाहिर ननिस्किन समेत भनेको छ ।
विष्फोटपछि बाटनग्यास प्रान्तका कैयौं क्षेत्रमा वर्षा पनि भयो ।

खरानी र वर्षाका कारण पूरै क्षेत्र हिलाम्य भएको छ । घर, गाडीहरु, सडक, पार्क सबैतिर हिलो भरिएको छ । राहत तथा उद्धारकर्मी यही हिलोको बाटोबाट मानिसहरुलाई सुरक्षित स्थानमा पुर्याइरहेका छन् । फिलिपिन्सको रेल सेवाको लाइट रेल ट्रान्जिट लाइन २ लाई बन्द गरिएको छ । यो विद्युतीय रेल लाइनमा विद्युत आपूर्ति रोकिएको छ । ट्रान्समिशन लाइनमा खरानी जमेको छ र कैयौं पावर ट्रान्सफर्मर बिग्रिएका छन् । ताल ज्वालामुखीको वरिपरि १५ किलोमिटरको दायरामा सबै क्षेत्र खाली गराइएको छ । फिलिपिन्सको मौसम विभागले ज्वालामुखीपछिका भूकम्पका झट्का नरोकिएमा सुनामी आउने आशंका गरेको छ । यदि यस्तो भयो भने भयानक विनाश हुन सक्छ । फिलिपिन्समा यसअघि कुनै पनि ज्वालामुखी विष्फोट यति भयानक देखिएको थिएन । ताल ज्वालामुखी विष्फोटबाट फैलिएको खरानी सफा गर्नमै १५ दिनभन्दा धेरै समय लाग्ने अनुमान छ ।