युरोप पठाइदिन्छु भन्दै ३० लाख ठग्ने एक बाबा पक्राउ

प्रकाशित मिति:

काठमाडौं – युरोप पठाइदिन्छु भनेर ठगी गर्ने स्वामी शिवानन्द बाबा(दिपक भन्डारी) पक्राउ परेका छन् । ४ जनालाई युरोप लगिदिन्छु भनी ठगेको उजुरीको आधारमा उनलाई सोमबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

उनले युरोप पठाइदिने भनेर ४ जनासँग ३० लाख रुपैयाँ लिएका थिए । प्रहरीका अनुसार स्थायी घर गुल्मी भएका भन्डारीले युरोपका विभिन्न ठाउँका तस्बिर देखाउँदै युरोप पठाइदिन्छु भनेर ठगी गरेका हुन् । -अन्नपुर्ण