टिपरबाट मारिएका महतोको परिवारलाई ५ लाख राहत

प्रकाशित मिति:

जनकपुरधाम – अवैध क्रसर उद्योग संचालकद्वारा हत्या गरिएका दिलिप महतोको परिवारलाई प्रदेश सरकारले राहत स्वरुप ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रदेश २ सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले मिथिला नगरपालिका—५ श्रीपुरका महतोको परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

मृतक महतोको हत्यामा संलग्न रहेका अभियुक्तमाथि कडा कारवाही गर्नसमेत प्रदेश सरकारले पहल गरिरहेको जनाइएको छ । औरही खोलामा टिपरले बालुवा गिट्टी चोरी गरेको थाहा पाएर रोक्न गएका दिलिपलाई क्रसर व्यवसायीसहितले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।