वर्षा-हिमपातले अफगानिस्तान र पाकिस्तानमा ४३ को मृत्यु

प्रकाशित मिति:

अलजजिरा – हिउँदको समयमा आएको वर्षा र हिमपातका कारण अफगानिस्तान र पाकिस्तानमा ४३ जनाको मृत्यु भएको छ । सडकमा हिउँ जमेकाले सफा गर्ने काम भइरहेको र मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको उच्च अधिकारीले जनाएका छन् ।

पाकिस्तानमा सोमबारसम्म २५ जनाको मृत्यु भएको र दक्षिणपश्‍चिम प्रान्त बलोचिस्तानमा केही संरचनाहरुमा समेत क्षति पुगेको छ । बलुचिस्तानका विपद् व्यवस्थापन प्रमुख इमरान जारकोनले २४ घण्टामा १४ जनाको मृत्यु भएको बताए । उनका अनुसार अधिकांशको घरको छत खसेर मृत्यु भएको छ ।

बलुचिस्तान प्रान्तका सडकमा छ इन्चजति हिउँ जम्मा भएको छ । त्यसैगरी पूर्वी प्रान्त पञ्‍जाबमा ११ जनाको मृत्यु भएको छ ।फगानिस्तानमा महिला र बालकालिका गरी १८ जनाको मृत्यु भएको छ । अफगानिस्तानको गृहमन्त्रालयका प्रेस अधिकारी हसिबुल्लाह शैखानीका अनुसार अत्यधिक हिमपातका कारण अधिकांश सडकहरु बन्द भएका छन् ।अफगानिस्तानको राजधानी काबुलको तापक्रम माइनस १५ डिग्री सेल्सियसमा झरेको छ । काममा जाने र यात्रा गर्नेहरुका लागि निकै समस्या भएको छ ।