गुण्डा बिरुद्ध प्रहरीले चलायो गोली

प्रकाशित मिति:

काठमाडौं – उपत्यकामा गो’ली चलेको छ । काठमाडौंको बौद्धमा रहेर गु’ण्डाग’र्दी गर्दै आएका विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गो’ली चलाएको हो । डिएसपी रमेश बहादुर सिंहका अनुसार महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा गो’ली चलाएको प्रहरीले जानकारी दिएको छ । विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको टोलीले तामाङलाई भेटेको सिंहले बताउनुभयो ।

उनी भा’ग्न खोजेपछि घुँडामुनि गो’ली हानिएको थियो । हाल उनलाई वीर अस्पताल पठाइएको छ । प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खु’कुरी प्र’हार गरेर घाइते बनाएको अभियोग लागेको छ । त्यस्तै, ०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिलाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको ह’त्या गरेको अभियोग पनि तामाङमाथि लागेको छ ।