नेपालमा कृत्रिम यौनाङ्ग (सेक्स टोय) को बिक्रि बढ्दै, कति पर्छ त मूल्य? कहाँ कहाँ किन्न पाइन्छ ?

प्रकाशित मिति:

कृत्रिम यौनाङ्ग सेक्स टोय हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र पुरुषको लागि महिलाको भेजिना आवश्यक हुन्छ । पुरुषले प्रयोग गर्ने सेक्स टोयमा २५ सयदेखि २५ हजार सम्मका छन् । त्यसैगरि महिलाले प्रयोग गर्नेलिङ्ग २५ सयदेखि ७५ सय रुपैंयाँ सम्मका छन् । खासगरी व्यस्त मानिसहरुका परिवारहरुबीच लामो समय सम्मयौन सम्पर्क हुन पाउँदैन भने लामो समय विदेश गएर बस्नेहरुका श्रीमान श्रीमती पनि यौन समागमबाट टाढा हुन्छन् ।

त्यसैले त्यस्ता मानिसहरुलेसेक्सटोयहरुको प्रयोग गर्ने गर्दछन् । नेपालमा बैदेशिक रोजगारका लागि अधिकांश नेपालीहरु विदेशिनुपर्ने बाध्यता छ । यसले गर्दा परिवारबीच लामो समय भेट हुँदैन । लामो समय एकल बस्नु पर्दा मानिसले अनैतिक सम्बन्ध राख्ने पनि हुन्छन्, त्यसको लागि यस्तासेक्स टोयको प्रयोगले अनैतिक सम्बन्ध राख्नबाट बचाउँने यौनस्वाथ्य सम्बन्धका चिकित्सकहरु बताउँछन् ।
समाजमा त्यही अनैतिक सम्बन्ध कायम नहोस् भन्नको लागि नै यीसेक्सटोयहरुको उत्पादन भएको होकण्डम हाउसका सञ्चालक न्यौपाने भन्छन्– ‘यसको सहि रुपमा प्रयोग गर्दा यसले कुनै नकारात्मक असर पर्छ जस्तो लाग्दैन् ।

कति हुन्छ खपत, कस्ता हुन्छन् सेक्स टोय:

काठमाडौंमा पाँचवटा सेक्स टोयका पसल छन् । तर, उनीहरूले सेक्स टोयको मात्र व्यापारचाहिँ गर्दैनन् । उनीहरूले यौनसम्पर्कका लागि अन्य अस्थायी साधनको सँगै व्यापार गर्ने गर्दछन् । कन्डम हाउसको मात्र काठमाडौंमा तीनवटा शाखा छन् । गोंगबु, चाबहिल र सुन्धारा । केही समयअघि काठमाडौंमा स्विट सेक्रेट नामक सेक्स टोयको व्यापार गरे पनि पछिल्लो समय उक्त पसल बन्द भइसकेको छ ।

काठमाडौंमा दैनिक औसत ८/९ वटाको दरले सेक्स टोयको व्यापार हुने गरेको छ । व्यवसायी भने सेक्स टोयको उत्साहप्रद व्यापारचाहिँ नभएको बताउँछन् । तीनदेखि ६ हजार रुपैयाँसम्मको सेक्स टोय अत्यधिक बिक्री हुने व्यवसायी बताउँछन् । देशभर भने नौवटाभन्दा बढी सेक्स टोयका पसल छन् । स्वचालित पेनिसदेखि स्तन, भेजिना मसाजरको सामग्रीलगायतका यौन सामग्री नेपालमा उपलब्ध छ । काठमाडौंमा पछिल्लो समय फुल बडीको सेक्स टोय उपलब्ध नभए पनि पोखरामा भने उपलब्ध छ । युवराज भन्छन्, ‘हामीले सबै प्रकारका सेक्स टोय राखेका थियौँ । तर, त्यस्ता प्रकृतिको सेक्स टोय बिक्री नभएपछि अहिले हामीकहाँ छैन ।’ काठमाडौंमा ११ सयदेखि १२–१३ हजार मूल्यसम्मका सेक्स खेलौना उपलब्ध छन् ।

कहाँबाट आउँछ सेक्स टोय ?

नेपालमा कन्डम हाउसले होलसेलमा सेक्स टोय बिक्री गर्दै आएको छ । कन्डम हाउसबाटै काठमाडौंबाहिर पनि सेक्स टोय जाने गरेको छ । नेपालमा चीन, थाइल्यान्ड, जापान, मलेसिया र कोरियाबाट सेक्स टोय ल्याउने गरिन्छ ।

अनलाइनबाट पनि किनमेल:

अनलाइन बिजनेस मेरो सपिङले तीन वर्षदेखि सेक्स टोयको व्यापार गर्दै आएको छ । मेरो सपिङ पनि पुरुषको तुलनामा महिलाका लागि दोब्बर संख्यामा सेक्स टोय बिक्री हुने बताउँछ । मेरो सपिङमा भने अत्यधिक मात्रामा टिन एजर्सले सेक्स टोयको माग गर्ने गर्छन् । तर, उनीहरूले आफ्नो परिचय भने राम्रोसँग नखुलाउने गरेको सञ्चालक बताउँछन् । भाइवर, फेसबुक म्यासेन्जरमार्फत पेनिस, टाइटेनिङ जेललगायतका सामग्री मगाउने गर्दछन् । तर, अनलाइनमा यस्ता सामान मगाउनेले आफ्नो नाम सत्य नबताउने मेरो सपिङका सञ्चालक बताउँछन् । भन्छन्, ‘उहाँहरूले साथी वा आफन्तलाई चाहिएको उल्लेख गर्नुहुन्छ र आफ्नो नाम पनि बताउनुहुन्छ ।